पशु क्वारेन्टाइन भैरहवाद्वारा ३८ हजार चल्ला नष्ट
भैरहवा । पशु क्वारेन्टाइन कार्यालय भैरवाले चार महिनमा भारतबाट अवैध रुपमा आएका ३८ हजा ६ सय १ कुखुराका चल्ला नष्ट गरेको छ ।
साउनदेखि कार्तिकसम्म भारतबाट अवैध रुपमा ल्याईएका एक दिने कुखुराका चल्ला नष्ट गरिएको पशु क्वारेन्टाइन भैरहवाका वरिष्ठ पशु चिकित्सक डा.गान्धी उपाध्याले जानकारी दिए ।
त्यस्तै मंसिर महिनामा मात्र १ सय ६२ तयारी ब्रोइलर कुखुरा नष्ट गरिएको छ । साउनदेखि मंसिर सम्म एक हजार ६ सय ५० ब्रोइलर कुखुरा नष्ट गरिएको उनले बताए ।
साउनदेखि मंसिर महिना सम्म करिब ९५ केजी कुखुराको मासु, १ हजार ३ सय ९० वटा सेतो अण्डा र ३ सय ८५ केजी माछा नष्ट गरिएकोसमेत उनले जानकारी दिए ।
उनले भने, यी सबै भन्सार छली गरेर ल्याइएका सामान हुन् । प्रहरीले पक्रेर हामीलाई जिम्मा दिएपछि हामीहरुले नष्ट गरेका हौँ ।
सबै भन्दा धेरै माछा आयात
करिब पाँच महिनाको तथ्याङक हेर्दा पशु क्वारेन्टाइन कार्यालय भैरहवाबाट सबै भन्दा धेरै माछा आयात भएको देखिन्छ ।
क्वारेन्टाइ कार्यालयबाट साउनदेखी मंसिर महिना सम्म ७६८.९२ मेट्रिक टन माछा आयात भएका डा.उपाध्याले बताए ।
त्यस्तै, सिद्रा माछा २३१.३३ मेट्रिक टन, सिपी (दानामा मिसाइने कच्चा पदार्थ) ३५९.०६ मेट्रिक,क्याटल फिड, ३२५.०६ मेट्रिक टन र फिट सप्लिमेन्ट ५३०.५२ मेट्रिक टन आयात भएको उनले बताए ।
गत साउन महिनादेखि मंसिर महिना सम्म कानुनी प्रावधान पुरा नगरी सामान यायात–निर्यात गर्नेहरुबाट कानुन बमोजीम ८५ हजार जरिवाना रकम तिराइएको छ । जसमा मंसिर महिनामा मात्र जरिवानाबाट ६५ हजार राजस्व संकलन भएको उनले जानकारी दिए ।