काकरभित्ता क्वारेन्टाइनद्वारा २ सय केजी माछा नष्ट
काठमाडौं । पशु क्वारेन्टाइन कार्यालय काँकरभित्ताले एक महिनामा २ सय केजी माछा नष्ट गरेको छ । मंसिर महिनाभर भारतबाट अवैध रुपमा ल्याइएका रोहु, पंघारलगायत विभिन्न प्रजातिका २ सय केजी माछा नष्ट गरिएको क्वारेन्टाइन कार्यालय काँकरभित्ताले जनाएको छ ।
त्यस्तै अवैध रुपमा ल्याइएका १२ वटा भारतीय ब्रोइलर कुखुरा पनि नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय काँकरभित्ताका पशु चिकित्सक मुकेश कुमार सिंहले बताए ।
त्यस्तै मंसिर महिनामा मात्रै भारतबाट करिब ७४ मेट्रिक टन माछा आयात भएको छ ।
पशु क्वारेन्टाइन चेक पोष्ट काँकरभित्ताबाट ३३.२४ मेट्रिक टन र भद्रपुर चेक पोष्टबाट ४१.०४ मेट्रिक टन माछा आयात भएको सिंहले बताए ।
कुखुराको दानामा प्रयोग हुने १.८५ मेट्रिक टन कच्चा पदार्थसमेत मंसिर महिनामा आयात भएको उनले जानकारी दिए ।
प्रतिक्रिया