किसानको प्यारोडी : ‘सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’

काठमाडौं । यो वर्षको उखु क्रसिङ गर्ने समय नजिकिँदै गर्दा सर्लाहीका किसानहरु फेरि एक पटक आफ्नो बक्यौता उठाइदिन माग गर्दै काठमाडौं आएका छन् । काठमाडौंको माइतिघर मण्डलामा विभिन्न नारा लेखिएका ब्यानर तथा प्लेकार्डसहित उनीहरु आइतबारदेखि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

‘सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’ जस्ता प्यारोडी गीत अंकित व्यानर समेत उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

चिनी मिलहरुसँग किसानले लिन बाँकी बक्यौता रकम उठाएर दिनेसहित विभिन्न १६ बुँदे सम्झौता गरेको सरकारले उक्त सम्झौता पालना गर्नुपर्ने माग उनीहरुले गरेका छन् । बाचा पूरा नगरी उद्योगी तथा विचौलियासँग साँठगाँठ नगर्न उनीहरुले सरकारलाई आग्रह समेत गरेका छन् ।

उद्योगीले पनि किसानको पसीनामा मूल्य अविलम्ब दिनुपर्ने माग उनीहरुको छ । माइतिघरबाट माग पूरा नभए उनीहरु सिंहदरबार र बालुवाटारमा समेत प्रर्दशन गर्ने बताएका छन् ।

इन्दुशंकर चिनिमिल, श्रीराम सुगरमिल जस्ता कतिपय चिनिमिलले उखु खरिदबापत किसानलाई दिनुपर्ने भुक्तानी बाँकी राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *