एनभिएसए हिकास्टका अध्यक्षमा निष्चल घिमिरे निर्वाचित

काठमाडौं । हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट)को नेपाल भेटेरिनरी स्टुडेन्ट एसोसिएसनको अध्यक्षमा निष्चल घिमिरे निर्वाचित भएका छन् । नेपाल भेटेरिनरी एसोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा एनभिएसएले नव निर्वाचित कमिटीको घोषणा गरेको हो । एनभिएसएको निर्वाचनबाट घिमिरे आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले विजयी भएका छन् ।

एनभिएका बरिष्ठ उपाध्यक्षमा श्रेया शर्मा, उपाध्यक्षमा राजबहादुर कठायत, कृपा गिरि र मदन देवकोटा, सचिवमा अविनाश ठाकुर, उप सचिवमा कुशल रिजाल, दमनध्वज अधिकारी, कोषाध्यक्षमा अनुजा घिमिरे, उप कोषाध्यक्षमा स्वस्तिका ठकुरी, टिना बुढ्थापा र उपसम्पादकमा गौरव न्यौपाने निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुवास गुरुङ, सागर घिमिरे, गेहेन्द्र बुढ्थापा, रेनिसा मनादार, सलिना द्वारे र अभिषेक श्रेष्ठ निर्वाचित भएका छन् ।

एनभिएसएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजनाका गर्नका लागि विभिन्न जिम्मेवारी समेत दिएको छ ।

यसअन्तर्गत हेड अफ डिपार्टमेन्टमा प्रविन महता, कार्यक्रम संयोजक विकास कुमार महतो, कार्यक्रम उपसंयोजक विभुति बम, कल्चरल डिभिजन सब हेडमा बिमला कटवाल, पब्लिक रिलेसन प्रदीप सिंह र बाह्य सम्बधमा विद्या कार्कीलाई जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *