मल नल्याउने दुई ठेकेदारसँगको सम्झौता खारेज, साढे ९ करोड जमानत जफत, दुबै कम्पनीलाई कालो सूचीमा राखिने

काठमाडौं । मुख्य बाली धानको खेतिको सिजनमा युरिया मल ल्याउने सम्झौता गरेका दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडले उनीहरुसँग गरेको सम्झौता खारेज गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले आइतबार ठेकेदार कम्पनीलाई पत्राचार गरी सम्झौता खारेज गरेको जानकारी गराएको हो । कृषि सामग्री कम्पनीका अनुसार मल ल्याइसक्नु पर्ने अन्तिम म्याद २० भदौसम्म दुवै कम्पनीले मल ल्याउन नसकेपछि सम्झौता राखेज गर्दै उनीहरुले राखेको जमानत समेत जफत गरिएको हो । माओवादीनिकट ठेकेदार शारदाप्रसाद अधिकारी तथा कांग्रेसनिकट ठेकेदार हुमनाथ कोइरालाका दुई कम्पनीलाई कृषि सामग्री संस्थानले कालोसूचीमा राख्न प्रक्रिया अघि बढाउने समेत जनाएको छ ।

शैलुङ र होनिको दुवै कम्पनीले २५–२५ हजार टन युरिया मल आयातका लागि कृषि सामग्री कम्पनीबाट गत फागुनमा ठेका लिएका थिए । तर, सम्झौता अवधिभरमा जम्मा २० हजार मेट्रिक टन मल मात्रै आयात भएको छ ।

कृषि सामग्री कम्पनीका अनुसार होनिकोले तीन लाख ८७ हजार तीन सय ७५ डलर र शैलुङले ४ लाख ४ सय २ डलर जमानतबापत जम्मा गराएका थिए । दुबै कम्पनीको जमानत भएको रकम ९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

ठेक्का रद्ध भइसकेको र नयाँ ठेक्का प्रक्रिया सुरु गर्दा मल ल्याउन ढिलो हुने भएकोले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल पैंचोमा ल्याउने प्रक्रिया अघि बढिसकेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *