पूर्व प्रधानमन्त्री डा. भट्टराई र बहालवाला मन्त्री भुसालबीच मल अभावबारे ट्वीटर जुहारी

काठमाडौं । देशैभर रासायनिक युरिया मलको अभाव भएकोबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र बाहालवाला कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालबीच सवाल–जवाफ भएको छ ।

डा. भट्टराईले मंगलबार साँझ मल अभावलाई समाधान गर्न विभिन्न ४ उपाय सुझाउँदै आफ्नो ट्वीटर एकाउन्टबाट ट्वीट गरेका थियो । खासगरी देशभित्रै रासायनिक मल उत्पादन गर्ने, उत्पादन बढी हुने खाडी मुलुकहरुसँग सम्झौता गरी सिधै ल्याउने, पेट्रोलियम जस्तै डेडिकेटेड रुपमा आयात गर्न भारतसँग सम्झौता गर्ने र आन्तरिक रुपमा प्रांगारिक मलको प्रवद्र्धन गर्ने उपाय उनले सुझाएका थिए ।

उक्त ट्वीटको जवाफमा मन्त्री भुसालले आफ्नो ट्वीटर एकान्टबाट लेखेका छन्– ‘नेपालमा रासायनिक मल उत्पादनका लागि आवश्यक प्राकृतिक ग्यासको पाइपलाइन गोरखपुरबाट नेपाल आउन अझै २ वर्ष लाग्छ, त्यसो हुँदा दोस्रो, तेस्रो र चौथो उपाय अपनाउने प्रयास गर्दैछौं ।’

पूर्व र बहालवाला नेतृत्वकर्ता दुई नेताबीचको जुहारीमा अन्य पनि मिसिएका छन् । धेरैजसोले ठेकेदारले नै सरकार चलाइरहेकोले विचौलिया वा ठेकेदारसँग सरकारले घुँडा टेक्नुको विकल्प नभएको व्यंग्य गरेका छन् । कतिपयले भने डा. भट्टराई आफू मन्त्री र प्रधानमन्त्रीहरु केही नगर्ने र अहिले सल्लाहा मात्रै दिइरहने भन्दै व्यंग्य गरेका छन् । कतिपयले मल अभावहुनुमा कोरोना कहरलाई पनि दोष दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *