कोरोनाबाट पशुपन्छी औषधि व्यवसायीको मृत्यु
सप्तरी । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पशुपन्छी औषधि व्यवसायी संघ प्रदेश नं २ का अध्यक्षको मृत्यु भएको छ।
राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्णलाल दासको बिहीबार राती ११ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक दासले राजविराजमा खातविज भण्डार सञ्चालन गर्दै आएका थिए।
मुटुरोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। उपचारअघि अस्पतालमा उनको स्वाव परिक्षण गरिएको थियो। परिक्षणमा उनकको रिपोर्ट पोजेटिभ आएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४० पुगेको छ।
प्रतिक्रिया