पशुपन्छी औषधी व्यावसायीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
झापा। दमक अस्पतालका स्वास्थ्यकर्मीलाई नेपाल पशुपन्छी औषधी व्यावसायी संघ मेची र १ नम्बर प्रदेश कार्यसमितिको तर्फ बाट स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको यस विश्वव्यापी महामारीको समयमा एकजुट भइ लडेमा जित हासिल गर्न सकिन्छ भन्ने मनसायका साथ उक्त स्वास्थ सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
पशुपन्छी औषधी व्यावसायी संघका केन्द्रिय उपाध्यक्ष उमानाथ भण्डारीको संयोजकत्वमा मेची शाखाका अध्यक्ष दिपेन्द्र निरौला र प्रदेश नं.१का अध्यक्ष ऋषिबच्चन यादवले संयुक्त रुपमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारी र डा.भावेश भट्टराई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भण्डारीले यस्ता खालका कार्यक्रमले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीको हौसला बढ्ने विश्वास राखेको बताउनुभएको थियो ।
व्यवसायी संघले अस्पताललाई प्रदान गरेका स्वास्थ्य सामाग्रीमा N95 माक्स ६५० थान, लिक्युड हेण्ड वास १० लिटर र मेडिकल एक्जामिनेसन ग्लोव ३ हजार थान रहेको नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ १ नम्बर प्रदेश कार्यसमितीका सचिव अशोक सुवेदीले जानकारी दिनुभयो ।
नेपालमा पशुपन्छीलाई र मानव औषधीलाई नियमन गर्न सरकारले एउटै औषधी व्यवस्था ऐनमा बादेको भएतापनी व्यावहार भने समानता नदेखाएकोले समान व्यावहार गर्न प्रदेश नं.१ अध्यक्ष ऋषिबच्चन यादवले सरकारलाई ध्यानाकर्षण गर्न आग्रह गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रम संघका मेचीशााखा अध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको थियो ।