एनभिएसए हिकास्टद्वारा ‘फ्रिलान्स प्लेकार्ड मुभमेन्ट’ र पशु तथा मानव चिकित्सा शास्त्रका विद्यार्थीद्वारा वेविनार सम्पन्न

काठमाडमौं । नेपाल भेटेरिनरी स्टुडेन्ट एशाेसिएशन हिकास्टले १५ दिने ‘फ्रिलान्स प्लेकार्ड मुभमेन्ट’ कार्यक्रम सम्पन्न गरेकाे छ । सो अनलाइन जनचेतनामूलक कार्यक्रममा सहभागीहरुले कोभिड–१९ सँग सम्बन्धीत सन्देशमूलक नारा लेखेर तथा चित्र बनाएर आ–आफ्नो फेसबुक एकाउन्टमा पोष्ट गरी एनभिएचए हिकास्टकाे फेसबुक पेजमा ट्यागसमेत गरेका छन् ।

यस्तो सचेतनामूलक कार्यक्रममार्फत सामाजिक सञ्जालमा जोडिएका सबैले सचेत हुने अवसर पाउने भएकोले यो कार्यक्रम प्रभावकारी भएको नेपाल भेटेरिनरी स्टुडेन्ट एशोसिएशनका संयाेजक निश्चल घिमिरेले बताए । उनका अनुसार कार्यक्रममा सहभागी मध्ये गाेला प्रथाबाट एक विजेता छनाेट गरी अाकर्षक पुरस्कारकाे पनि व्यवस्था गरिएकाे छ ।

यसैबीच ‘एक स्वास्थ्य नीति’ विषयक वेविनार कार्यक्रम अायाेगना गरिएकाे छ ।  नेपाल भेटेरिनरी स्टुडेन्ट एशोसिएशन हिकास्ट, मावन चिकित्सा शास्त्र विद्यार्थी समुह महाराजगञ्ज र जनस्वास्थ्य विद्यार्थी होप कलेजको संयुक्त आयोजनामा उक्त  कार्यक्रम सम्पन्न भएको हाे ।

करिब एक सय जना सहभागी रहेको उक्त वेविनार (अनलाइन अन्तरक्रिया) कार्यक्रमका प्रमुख वक्ता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सहसचिव एवं पूर्वाञ्चल विश्वविद्याललयका पशु चिकित्सा शास्त्रका प्राध्यापक डा. दामोदर सेढाइँ रहेका थिए । ४ मेमा भएकाे उक्त कार्यक्रमको सभापतित्व एनभिएसए हिकास्टका संयाेजक निश्चल घिमिरेले गरेका थिए भने कार्यक्रमकाे संयोजन अविनाश ठाकुरले गरेका थिए ।

कार्यक्रममा सहयाेग गर्नेहरूलार्इ लेटर अफ एप्रिसिएशन र कार्यक्रमका सहभागीहरुलाई लेटर अफ पार्टिसिपेशन वितरण गरिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *