कृषि उत्पादन नभए भोकमरी लाग्ने, कृषि–पशुपन्छी पालन कर्म जारी राख्न सरकारको आग्रह (यस्तो छ १० बुँदे अनुरोध)

काठमाडौं । सरकारले लकडाउनका बेलासमेत कृषि तथा पशुपन्छीजन्य उत्पादन कार्य जारी नराखे खाद्य सुरक्षामै गम्भीर असर पर्ने र भोकमरी लाग्न सक्ने भएकोले कृषि तथा पशुपन्छीजन्य उत्पादन कार्य जारी राख्न आम कृषक तथा सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक अनुरोध पत्र जारी गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयका सहसचिव हरिबहादुर केसीद्वारा जारी उक्त अनुरोध पत्रमा सकेसम्म कृषियोग्य जमिन बाँझो नराख्न, बाली लगाउन, सिँचाइ गर्न, डोड्न, बालिभित्र्याउन, पशुपन्छी, माछा, मौरीजन्य उत्पादन गर्न, बजारीकरण गर्न आवश्यक कार्यहरु नरोक्न आग्रह गरिएको छ । यस्तो कार्य निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन कृषिक, व्यवसायी, कृषि तथा पशु सेवा प्राविधिक, सरकारी अधिकारी तथा सञ्चारकर्मी सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले कृषि कर्ममा लाग्दा अपनाउनु पर्ने १५ बुँदे सावधानी समेत सार्वजनिक गरेको छ । त्यस्तै, १० बुँदामा विभिन्न सेवा सञ्चालनका लागि आग्रह गरिएको छ ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको अनुरोध पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *