कोरोना कोषमा पशुपन्छी औषधी व्यवसायी संघको १ लाख ११ हजार सहयोग, पशु स्वास्थ्यलाई अत्यावश्यक सेवामा नराखे क्षति भयावह हुने चेतावनी
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले स्थापना गरेको उक्त कोषमा पशुपन्छीका क्षेत्रमा क्रियाशील पेशागत तथा व्यवसायीक संगठनहरुले सहयोग गर्ने क्रम जारी रहँदा संघले समेत सहयोगको घोषणा गरेको हो । संघका अध्यक्ष भूपेन्द्र गौतमले संकट र विपतको यस घडीमा सरकारको उक्त कोषमा सहयोग गर्दै कारोना भाइरस फैलिन नदिन एकजुट भएर लाग्न विज्ञप्तीमार्फत पशुपन्छी औषधी व्यवासायी संघका पदाधिकारी, सदस्य तथा सबैमा आग्रह गरेका छन् ।
विश्व स्वास्थय संगठन र विश्व पशु स्वास्थ्य संगठनले नै पशुपन्छीबाट मानिसमा कोरोना भाइरस संक्रमण भएको कुनै प्रमाण फेला नपरेको भन्दै पशुपन्छीको स्याहार तथा हेरचाह र उपचार जस्ता सेवालाई सामाजिक दूरी कायम गर्न सञ्चालन गर्न सक्ने वातावरण मिलाउन सरकारसँग अध्यक्ष गौतमले विज्ञप्तीमार्फत माग गरेका छन् । पशु स्वास्थ्य सेवालाई अति आवश्यक सेवाको सूचीमा राखी पशु उपचार, हेरचाह, दाना तथा आहारा ढुवानी जस्ता सेवालाई सहज नबनाए यस क्षेत्रमा भइरहेको क्षति अझ ठूलो हुने उनले चेतावनी दिएका छन् ।
हेर्नुहाेस् विज्ञप्ती