पशुपन्छीलाई माया र हेरचाह गर्न भेटेरिनरी काउन्सिल र एशोसिएशनको आग्रह

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) हालसम्म पशुपन्छीबाट मानिसमा सरेको नदेखिएकोले पशुपन्छीसँग मानवीय व्यवहार गर्न नेपाल पशु चिकित्सकले आह्वान गरिेको छ । परिषद्का रजिष्ट्रार नारायण घिमिरेले एक विज्ञप्ती जारी गरी यस्तो आग्रह गरेका हुन् ।

‘हालै बेल्जियममा कोरोना पोजिटिभ देखिएको एक विरालोको सन्दर्भमा विश्व पशु स्वास्थ्य संगठन(ओआईई)ले चैत १७ गते एक सूचना प्रकाशित गरी आजका मितिसम्म कुकुर, विरालासमेतका घरपालुवा सहचर पशुपन्छीबाट कोरोना भाइरस मानिसमा रहेको पुष्टी नभएको उल्लेख गरेको छ,’ विज्ञप्तिमा भएिको छ, ‘कोरोना महामारिको नियनत्रण गर्ने क्रममा पशुपन्छीप्रति अमानवीय व्यवहार नगरी उनीहरुलाई माया र संरक्षण गर्न आग्रह गरिन्छ ।’

त्यसैगरी नेपाल भेटेरिनरी एशोसिएशनले समेत विश्व पशु स्वास्थ्य संगठनको उक्त सूचनालाई नै आधार मानेर पशु कल्याणमा प्रतिघात हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सूचनामा भनिएको छ, ‘साथीत्वका लागि पालिएका पशुहरुलाई माया र हेरबिचार गर्न गराउनुहुन नेपाल भेटेरिनरी एशोसिएशन हार्दिक अपिल गर्दछ ।’

यस्तो छ विज्ञप्ती र सूचनाको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *