पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष र सदस्यमा क–कसको प–यो उम्मेदवारी ?
काठमाडौं । पशु प्राविधिक र पशु व्यवसायीहरूको नियामक निकाय नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष र सदस्यमा ६२ जनाको उम्मेदवारी परेको छ । एक उपाध्यक्ष, दुई खुला सदस्य, दुई महिला सदस्य र सात प्रदेशका १÷१ सदस्यका लागि बिहीबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताका लागि समय दिइएको थियो । उक्त समयसीमाभित्र ६२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
उपाध्यक्षमा ५ जनाले उम्मेदवारी खडा गरेका छन् । उपाध्यक्षको चुनावी मैदानमा खडा हुनेहरूमा राम प्रसाद मेहता, लोकराज भुसाल, पुष्कर नेपाल, काजीबहादुर श्रेष्ठ र सुवासकुमार झा छन् ।
खुला सदस्यमा ईश्वरीप्रसाद आचार्य, हरिलाल कँडेल, दीपक रानाभाट, धर्मराज जैसी, कमलबहादुर विश्वकर्मा, दीर्घकुमार स्वाँर, कृष्णप्रसाद महतो, महेन्द्रप्रसाद भण्डारी, बलराम कृष्ण बञ्जाडे, छविलाल भट्टराई, योगेन्द्रलाल यादव, भोजप्रसाद चपाईं, सुमन कुँवर, सुरेश कुमार खड्का र राजवंशी मण्डलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
दुई महिला सदस्यका लागि दिलमाया श्रेष्ठ, उमा बञ्जाडे, गोमा धिताल, चिनाकुमारी लामा, सरिताकुमारी रावल, गीतादेवी रिजाल धमला र कुमारी उषा बमको उम्मेदवारी परेको छ ।
प्रदेश सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट धनबहादुर चौधरी, लालबहादुर बोहोरा र महेशदत्त भट्टले उम्मेदवारी दर्ज गराउँदा कर्णालीबाट प्रकाश पाण्डे, नारायण न्यैपाने, यज्ञप्रसाद पाण्डे र चिरञ्जीवी प्रसाद उपाध्याय मैदानमा उत्रिएका छन् ।
निर्वाचन समितिका अनुसार लुम्बिनीबाट सदस्यको आकांक्षा देखाउँदै लक्ष्मण घिमिरे, परमेश्वर यादव, सुकबहादुर नेपाली, ज्ञानु बुढा, मोहन केसी र रुचि श्रीवास्तवले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी गण्डकी प्रदेश सदस्यका लागि पुष्पराज बास्तोला, रामजीप्रसाद पौडेल, नवराज अधिकारी, नारायण कुसुम, प्रताप पौडेल र डिल्लीराम रेग्मीको उम्मेदवारी परेको छ ।
बागमती प्रदेश सदस्यमा ६ जनाले आकांक्षा देखाएका छन् । विनोद बजगाईं, मुकुन्दकुमार खड्का, ईश्वरप्रसाद घिमिरे, मणिप्रसाद सापकोटा, रामप्रसाद अधिकारी र प्रकाश पौडेल परिषद् सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
मधेस प्रदेशबाट अनिरुद्र साह, रामप्रकाश महतो, परमेश्वर यादव र विश्वेश्वर प्रसाद यादव र मनोज यादवले सदस्यमा उम्मेदवारी दर्ता गराउँदा सोही पदमा कोशीबाट चूडामणि थापा, दीपकबाबु सिंह, कुमारसिंह खत्री, पुरुषोत्तम पाण्डे र लाक्पा इदर भोटे शैचाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
कुल १४ हजार २९५ सदस्य दर्ता रहेकोमा १३ हजार २६४ जना पशु सेवा व्यवसायी छन् भने १ हजार ३१ ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता छन् । जसमध्ये कोशीतर्फ १ हजार ८०९, मधेसमा २ हजार ५५६, बागमतीमा १ हजार ९९७, गण्डकीमा १ हजार २०९, लुम्बिनीमा २ हजार ७४, कर्णालीमा १ हजार ६७१ र सुदूरपश्चिममा १ हजार ७८७ छन् ।
व्यवसायीलाई श्रेणीमा विभाजन गरिए पनि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको प्रमाणपत्रमा श्रेणी नतोकिएकाले उम्मेदवार र मतदानको अधिकार दिइएको छैन । पशु स्वास्थ्य कार्यकर्तालाई मतदानको अधिकार नभएको र व्यवसायीमध्ये कतिपयको दर्ता प्रक्रिया पूरा हुन बाँकी रहेकाले १३ हजार १०३ ले मतदान गरेर एक उपाध्यक्ष र सदस्य चयन गर्ने परिषदका रजिस्टार पूर्ण बुढाले बताए ।
यसबाहेक कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परिषदले एक÷एक महिला समेटेर २÷२ सदस्य नियुक्त गर्ने व्यवस्था छ । जसमा विश्वविद्यालय र सिटिइभिटीबाट १÷१ महिला सदस्य अनिवार्य गरिएको छ । पशु चिकित्सा परिषद्ले तोकेको एक जना पनि सदस्य रहने व्यवस्था छ ।
परिषद्को अध्यक्ष भने मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
परिषद्को निर्वाचन प्रयोजनका लागि ०८१ मंसिर १७ गतेबाट मतदाता नामावली प्रकाशन गरिएको थियो । मतदाता नामावलीमा दाबी विरोधका लागि मंसिर १८ गतेदेखि २७ गतेसम्म दाबी विरोधको समय दिइएकोमा पुस ३ गते अन्तिम नामावली प्रकाशन भएको थियो ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन १३ गते अपराह्न ४ बजे गर्ने निर्वाचन समितिले जनाएको छ । यसमाथि दाबी विरोध गर्ने समय १४ गते बिहान ११ बजेदेखि ४ बजेसम्म दिइएको छ । त्यसमाथि जाँचबुझ गरेर दोस्रो नामावली प्रकाशन १६ गते दिउँसो ४ बजे हुनेछ । उम्मेदवारी फिर्ता लिने समय पुस १७ गतेदेखि २३ गते ३ बजेसम्म दिइएको छ । उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो ४ बजे प्रकाशन गर्ने निर्वाचन समितिको कार्यतालिकामा उल्लेख छ ।