एनपिएल : नेपाली औषधि उद्योगको ‘पायोनियर’
काठमाडौं । ४० को दशकको सुरुवातमा नेपालमा एउटा पनि औषधि उद्योग थिएनन् । बजारमा जति औषधिको माग थियो, ती सबै हिस्सा भारत र बहुराष्ट्रिय कम्पनीका औषधि उद्योगले ओगटेका थिए ।
ठीक त्यही समयमा औषधि क्षेत्रबारे राम्रो ज्ञान भएका स्व. महेन्द्र बहादुर अमात्यले आफ्ना दाजु शैलेन्द्र बहादुर अमात्य र ज्वाई महेश कुमार गोर्खालीसँगको सहकार्यमा मध्यमाञ्चल डिस्ट्रिब्युटर्स सञ्चालनमा ल्याए । त्यसले भारतबाट विभिन्न कम्पनीका औषधि आयात गथ्र्यो र नेपालका औषधि पसलसम्म पु¥याउँथ्यो । अमात्यले पहिलो पटक चालेको यो व्यावसायिक कदम उनका लागि जीवनकै ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । वितरकबाट प्राप्त सफलताले अन्ततः अमात्यलाई सफल औषधि उद्योगीका रूपमा उभ्याइदियो । २०४२ सालमा स्थापना भएर झण्डै चार दशक यात्रा पूरा गर्न लागेको नेपाल फर्मास्यूटिकल्स ल्याबोरेटोरी प्रा. लि. (एन.पि.एल.)ले वेबसाइटमा आफ्नो सफलताको पृष्ठभूमिबारे लेखेको छ ‘मध्यमाञ्चल डिष्टिब्युटर्सले प्राप्त गरेको सफलता नै यो कम्पनीको टर्निङ प्वाइन्ट हो ।’
९ जुन १९८५ मा औपचारिक रूपमा सरकारी निकायमा दर्ता एन.पि.एल.ले आफ्नो उत्पादन झण्डै २ वर्षपछि १२ जनवरी १९८७ बाट सुरु गरेको थियो । सुरुवातमा मानिसका लागि मात्र एन.पि.एल.ले औषधि उत्पादन गथ्र्यो । ०५१ बाट भने पशुपन्छीको औषधि पनि उत्पादन गर्न थालेको एन.पि.एल.की रणनीतिक व्यापार प्रबन्धक निश्मा बज्राचार्य बताउँछिन् ।
के–के छन् उत्पादन ?
एन.पि.एल.को अहिले ८ वटा डिभिजन छन् । जसमा दिर्घकालीन रोगको उपचार देखि भेटेरिनरी सम्म विभिन्न प्रकारका औषधि छन् । भेटेरिनरी तर्फ कम्पनीका ३८ वटा औषधि दर्ता छन्, औषधि व्यवस्था विभागमा । यी औषधि एन.पि.एल.का बिक्रेता मार्फत देशभर पुग्दै आएको छ ।
जि.एम.पी. सर्टिफाइड कम्पनी
एन.पि.एल.की रणनीतिक व्यापार प्रबन्धक बज्राचार्य आफ्नो उद्योगले गुणस्तरमा सम्झौता नगरी औषधि उत्पादन गरिरहेको बताउँछिन् । एन.पि.एल.को नारा नै छ ‘क्वालिटी इन द सर्भिस अफ मिलियन्स’ ।
एन.पि.एल.ले दाबी गरे जस्तै गुणस्तरमा उसले विशेष ध्यान दिने गरेको पाइन्छ । उसले प्राप्त गरेको जि.एम.पी. प्रमाणपत्र त्यसकै प्रमाण हो । यो प्रमाणपत्र विश्व स्वास्थ्य संगठनले बनाएको औषधि उत्पादनको मापदण्ड पालना गर्नेले मात्र पाउँछन् ।
औषधिको गुणस्तरमा देखाएको इमानदारिता र त्यस क्षेत्रलाई सवल बनाउन गरेका प्राविधिक विकासले एन.पि.एल.लाई सम्मानजनक अगुवाको स्थान मात्र दिएको छैन गुणस्तरीय औषधि उत्पादन गर्ने नेपाली औषधि उद्योगको परिचय समेत मिलेको छ । जि.एम.पी. प्रमाणपत्र पाउने सीमित नेपाली औषधि उद्योगमध्ये एक हो, एन.पि.एल. ।
एन.पि.एल.की बज्राचार्य गुणस्तर कायम गर्न आफूहरूले कच्चा पदार्थको प्रयोगदेखि नै सतर्कता अपाउने गरको बताउँछिन् । कच्चा पदार्थ अब्बल भएको अवस्थामा मात्र औषधिको गुणस्तर कायम हुने भएकाले यस्तो गरिएको उनको भनाइ छ । ‘कच्चा पदार्थको गुणस्तर राम्रो भए मात्र औषधि गुणस्तरीय हुन्छ । त्यसैले हामीले राम्रो गुणस्तरको कच्चा पदार्थ प्रयोग गर्ने गरेका छौं,’ उनले भनिन् । औषधि उत्पादनका अन्य चरणमा पनि एन.पि.एल.ले गुणस्तरीय मापदण्डहरूलाई अपनाउने गरेको बज्राचार्यले बताइन् ।
औषधिको गलत प्रयोगको असर मानव तथा पशुपन्छीमा पर्ने भएकाले यसमा गम्भीर हुनुपर्ने खाँचो एन.पि.एल.की बज्राचार्य औंल्याउँछिन् । आवश्यकता यस्तो भए पनि उति गम्भीरतापूर्वक लिने नगरिएको उनको अनुभव छ । त्यसैले उनी यसमा बनाइएका मापदण्डलाई अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने खाँचो देख्छिन् ।
एन.पि.एल.का १८ पाइला
एन.पि.एल.को स्थापना वि.सं. २०४२ मा भएको थियो । सुरुका ९ वर्ष यसले मानिसका लागि मात्र औषधि उत्पादन ग¥यो । २०५१ सालबाट भने यसले पशुपन्छीका लागि आवश्यक औषधि पनि उत्पादन गर्न थालेको यसकी रणनीतिक व्यापार प्रबन्धक बज्राचार्यले जानकारी दिइन् । एकपछि अर्को सफलता प्राप्त गर्दै गएको एन.पि.एल.ले त्यसको दुई वर्षपछि वि.सं. २०५३ सालमा फ्ल्योर हिमालयन लिमिटेड स्थापना ग¥यो । जुन अहिले नेपालको अग्रणी हर्बल ब्राण्डका रूपमा स्थापित छ । लापेन एन.पि.एल. सफलताको पाँचौं पाइला थियो । २०५४ स्थापित लापेनले एन.पि.एल.को एउटा डिभिजनका रूपमा कम्पनीलाई सहयोग गरिरहेको छ ।
एन.पि.एल. आफ्नो सतकर्मका कारण पुरस्कृत समेत हुँदै आएको छ । वि.सं. २०५९ मा उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योगी वाणिज्य महासंघले यसलाई नेशनल एक्सिलेन्स अवार्डद्वारा सम्मानित गरेको थियो । वि.सं. २०६० मा एनआएसिसिआई अवार्ड भएको एन.पि.एल.ले २०६० मा एफएनसिसिआई बाटै पुनः नेशनल एक्सिलेन्स हवार्ड प्राप्त गरेको थियो । वि.सं. २०६२ मा काठमाडौं विश्वविद्यालयसँग एमओयु गरेको एन.पि.एल. सोही साल पुनः एफएनसिसिआईबाट सम्मानित भएको थियो ।
एनपिएलले औषधि उद्योगका रूपमा मात्रै आफूलाई अघि बढाएको छैन, खोज तथा अनुसन्धान जस्ता गहन र जिम्मेवार काम समेत गर्दै आएको छ । नेपाल रिसर्च फाउण्डेसनमार्फत एन.पि.एल.ले खोज तथा अनुसन्धान कार्य गर्ने गरेको हो । खोज तथा अनुसन्धान क्षेत्रमा सक्रिय यो संस्था एन.पि.एल.ले वि.सं. २०६६ सालमा स्थापना गरेको थियो ।
०६७ मा एफएनसिसिआईबाट सर्भिस क्लास प्रमाणपत्र पाएको एन.पि.एल.ले ०६७ मा रजत जयन्ती मनायो । ०६८ मा फर्मास्युटिकल्स कम्पनीतर्फ हेल्थ अवार्ड २०११ प्राप्त गरेको एन.पि.एल. ले ०६९ बाट आफ्ना २० वर्ष भन्दा बढी सेवा प्रदान गरेका सहकर्मी कर्मचारीहरुलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गर्दै आईरहेको छ ।
०७४ मा नेशनल प्र्रोडक्टिभिटी अवार्डबाट सम्मानित भएको एन.पि.एल.ले ०७९ मा क्रमशः तीन पदक एक्सलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट, द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२ र नेशनल प्रोडक्टिभिटी अवार्ड ०७६ प्राप्त गरेको कम्पनीकी रणनीतिक व्यापार प्रबन्धक बज्राचार्य बताउँछिन् ।
एन.पि.एल.को इन्जेक्टेबल विस्तार
नेपालमा पशुपन्छी औषधि उत्पादनको अवस्था सन्तोषजनक छ । नेपाली उद्योगले पशुपन्छीका सबैजसो औषधि उत्पादन गर्दै आइरहे पनि इन्जेक्सनबाट दिइने औषधि इन्जेक्टेबलको भने हुन सकेको छैन । यसअघि केही नेपाली कम्पनीले इन्जेक्टेबल उत्पादनको प्रयास नगरेका होइनन् । तर सम्भव भएन । देशभित्र इन्जेक्टेबलको उत्पादन नहुँदा ठूलो धनराशी नेपालबाट भारतलगायत देशतर्फ बाहिरिने गरेको छ ।
इन्जेक्टेबलको माग नेपाली बजारमा बढिरहेका बेला एन.पि.एल.ले यसको उत्पादन गर्ने तयारी अघि बढाएको जनाएको छ । एन.पि.एल.की रणनीति व्यापार प्रबन्धक बज्राचार्य इन्जेक्टेबल उत्पादन प्रक्रिया यसअघि नै थाले पनि राज्यको निकायको अनुमति प्रक्रियामा समय लागेका सुनाउँछिन् । पाइपलाइनमा रहेको इन्जेक्टेबल उत्पादनमा गतिरोध उत्पन्न भए पनि निकट भविष्यमा भेटेरिनरी प्रयोजनको लागि इन्जेक्टेबल बजारीकरण गर्ने लक्ष्य एन.पि.एल.ले लिएको छ । बज्राचार्य स्वदेशमा इन्जेक्टेबल उत्पादन भएमा यसले किसानलाई थप सहजता ल्याउने दाबी गर्छिन् ।
विगत २ वर्ष देखि सफलतापूर्वक इन्जेक्टेबलको बजारीकरण गर्दै आइरहेको एन.पि.एल.ले आगामी दिनहरुमा पशुपन्छीमा प्रयोग हुने इन्जेक्टेबल उत्पादन गर्न प्रक्रिया अघि बढाइ सकेको उनले बताइन ।
नीतिको मारमा एन.पि.एल. पनि
औषधि उद्योगीको साझा गुनासो छ, राज्यले स्वदेशी उत्पादनलाई भन्दा आयातलाई प्राथमिकता दियो । नीतिहरू आयातलाई बल पुग्ने गरी बनाइए । हुन पनि, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुको साटो विदेशी कम्पनीका औषधि आयात गर्न सहज हुने नीति नियम बनाइएको छ । तर गुणस्तरमा भने नेपाली कम्पनी सचेत र सतर्क देखिएका छन् ।
एन.पि.एल.की बज्राचार्य राज्यको नीतिभन्दा पनि अन्योलग्रस्त मनोदशाले आयातलाई प्रोत्साहित गरेको ठान्छिन् । ‘सरकारको नीतिले आयातमा केन्द्रित गरेको भन्दा पनि के गर्ने भन्नेमै अन्योल भएजस्तो मलाई लाग्छ,’ उनले भनिन् ।
नीति बनाउँदा देशभित्र कार्यान्वयन हुन सक्ने कि नसक्ने र गुणस्तरको अवस्था के हुने भन्ने कुरामा ध्यान बढि दिनुपर्ने उनी बताउँछिन् । व्यवहारिक र प्रभावकारी प्राविधिक नीति विज्ञहरूबाट निर्माण हुनसक्ने भएकाले यसमा उनीहरूलाई सहभागी गर्न उनले सुझाइन ।
प्रतिक्रिया