नेपालले चिन्न नसकेको बिएमडी
बसिलस लाइकेनिफर्मिस नामको खास प्रोबायोटिक जीवाणुबाट फर्मेन्टेसन पद्धतिद्वारा बिएमडी बनाइन्छ । हामीले खाने चिज (cheese) लगायत खाद्यवस्तुमा संरक्षितको रूपमा प्रयोग हुने nisin सँग बिएमडीको रूप धेरै हदसम्म मिल्दछ । यो सर्वप्रथम सन् १९४५ मा पत्ता लागेको हो ।
अमेरिका, भारत, चीनलगायत मुलुकमा यसको प्रयोग हुने गरेको छ । तर केही देशले भने यसको प्रयोगलाई प्रतिबन्ध लगाएका छन् । युरोपियन युनियन आबद्ध कुनै पनि देशमा यसको प्रयोग गर्न पाइँदैन । युरोपियन युनियनले सन् २००६ को जनवरी १ मा यसमाथि प्रतिबन्ध लगाएको हो । हाम्रो देश नेपालमा पनि सन् २०१६ देखि यसमा प्रतिबन्ध लगाइएको छ ।
मान्छेमा हुने इन्टेरिक कोलाइटिस (enteric colitis) रोगको उपचारका लागि भ्याङ्कुमाइसिन प्रयोग गरिन्छ । भ्याङ्कुमाइसिनले भविष्यमा काम नगरेमा बिएमडीलाई सुरक्षित औषधिको रूपमा सञ्चय गरेर प्रयोग गर्न सकिने विश्वास गरिएको छ । यही कारण यसलाई पशुपन्छीको दानामा प्रयोग गर्न रोक लगाएको देखिन्छ । एउटा एन्टिबायोटिक्सको प्रयोगले अरू एन्टिबायोटिक्सको रेसिस्टेन्ट बढी हुने अर्को विश्लेषणले पनि यसमा भूमिका खेलेको बताइन्छ ।
अमेरिकाले बिएमडीलाई किन लगाएन प्रतिबन्ध
खाद्य तथा औषधि प्रशासन (FDA) ले बिएमडीलाई मान्छेका लागि आवश्यक पर्ने महत्वपुर्ण एण्टिबायोटिक्स नभएको सूचीमा राखेको छ । किनकि, यो एण्टिबायोटिक्स मानिसको घाउ खटिरामा मल्हमको रूपमा मात्र प्रयोग गरिन्छ । अमेरिकन वैज्ञानिकहरूको भनाइ अनुसार बिएमडी मान्छेमा इन्टेरिक कोलाइटिसको उपचारमा प्रयोग गर्ने सम्भव छैन । किनकि, बिएमडीको प्रयोगले मानिसको मृगौलामा अत्यधिक असर गर्ने सम्भावना हुन्छ । तसर्थ, आन्तरिक उपचार नभई शरीरको बाहिरी छालामा भविष्यमा पनि यो मल्हमको रूपमै प्रयोग भइरहने छ ।
बिएमडीको प्रयोगले पशुपन्छीमा अरू जीवाणुजन्य रोगको उपचारमा सफलता बढी देखिएको हुँदा प्रतिरोध क्षमाताको स्थानान्तरणको सम्भावना निकै कम देखिएको छ । युरोपमा बिएमडीलाई पूर्ण प्रतिबन्ध लगाइएको भए पनि मानिसमा भ्याङ्कुमाइसिन एण्टिबायोटिक्स रेसिसटेन्सकोे दर अमेरिकाभन्दा बढी देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (WHO), संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन FAO) र विश्व पशु स्वास्थ संगठन (OIE) को विज्ञहरूको छलफलले पनि बिएमडीलाई चिकित्सकीय कार्यमा कम प्रयोग हुने वस्तुको सूचीमा राखेको छ ।
नेपालमा प्रतिबन्ध लगाइनुको कारण
सरसर्ती हेर्दा नेपालले यसबारे आफैं अध्ययन, अनुसन्धान नगरी प्रतिबन्ध लगाएको देखिन्छट छ । युरोपियन युनियनले प्रतिबन्ध लगाएकाले त्यसको देखासिकी यता गरेको पाइन्छ । यति मात्रै होइन सबै एण्टिबायोटिक्समा नेपालले ‘‘शून्य सहनशीलता’’ नारा लिएको देखिन्छ ।
बिएमडीमा नेपाल सरकारले प्रतिबन्ध लगाए पनि यसकोे खपतमा कुनै कमी आएको छैन । बरू, प्रतिबन्धले यसको गैरकानूनी कारोबार वृद्धि भएको छ । गुणस्तरमा एकरूपता नभएर विविधता छ ।
प्रतिबन्धका बीच बिएमडीको प्रयोग भइरहनुको पछाडि के कारण होला ? किन यसको यति धेरै महत्व छ ? आउनुहोस् यसबारे पनि थोरै चर्चा गरौं ।
(क) पशुपन्छीमा प्रयोग गर्ने विशेषता
यसले नेक्रोटिक इनटेराइटिस ५० प्रतिशतसम्म मृत्युदर हुने रोग लगाउने जीवाणुलाई मारी आन्द्रामा घाउ हुन दिँदैन । यो रोगमा प्रयोग गरिने अन्य औषधिहरू मनिसका लागि महत्वपूर्ण भएकाले बिएमडीको प्रयोग उचित देखिन्छ ।
कुखुराको आन्द्रामा १०० अर्ब जति ९९० फरक प्रजातिका जीवाणु हुन्छन् भन्ने तथ्य वैज्ञानिकका अनुसन्धानहरूले औंल्याएका छन् । यसमध्ये ल्याक्टोबेसिल्स सबैभन्दा बढी मात्रामा हुन्छ । ल्याक्टोबेसिल्सको मात्रालाई बराबर राखी असन्तुलन (Dysbiosis) हुन नदिन बिएमडी सबैभन्दा उपयुक्त हुने ठानिन्छ ।
बिएमडीले पशुपन्क्षीको (Innate Immunity)जसलाई रक्षाको पहिलो घेरा पनि मानिन्छ, लाई बलियो बनाउँछ ।
यसले इकोलाई तथा साल्मेनेलाजस्ता विषाक्त खाद्य बनाउने जीवाणुको वृद्धि विकाशलाई रोक्दछ ।
बिएमडीले आन्द्रामा काम गर्ने तर आन्द्राबाट सोसिएर रगतमा नजाने हुँदा हामीले खाने मासुमा यसको अवशेष हुँदैन । यसको प्रयोगबाट हामीले मासु प्रयोग गर्न कुर्नुपर्ने समयावधि Withdrawl period शून्य हुन्छ ।
(ख) वातावरणीय विशेषता
– यो आन्द्रामा गएर अन्तिम पदार्थको रूपमा अमिनो एसिड र नुनमा परिणत हुने हुँदा वातावरणमैत्री छ । (Alphama Environmes Sbmission, 1989
– धेरैभन्दा धेरै दाना पचाउन मद्दत गर्ने हुँदा दाना खपत घटाउँछ
– धेरैभन्दा धेरै दाना पचाउन मद्दत गरी सुलीको मात्र घटाउँछ । (Huyghabaort & de Groote, 1997).
– यसले पशुपन्छीवाट कम मात्रामा अमोनिया, मिथेन, हाइड्रोजन, फस्फोरस उत्सर्जन गराउँदछ ।
दानामा हाल्न राम्रो हुने भएकाले सरकारीतवरवाट यसलाई अनुमति दिनु मनासिव हुने देखिन्छ । गैरकानुनी आयतबाट गुणस्तरमा प्रतिकुल असर पर्ने हुँदा सरकारी अनुमतिमा गुणस्तर हेरी यसको आयात तथा प्रयोग अनुमति दिन व्यवसाय तथा मानव स्वास्थ्य दुवैका लागि फाइदा हुनेछ ।
dipaksubedivet@gmail
प्रतिक्रिया