बजारीकरण बहसमा डेढदेखि २ किलोका कुखुरा,के भन्छन सरोकारवाला
कुखुरा उत्पादनमा तौलको मापदण्ड ल्याउनेबारे विभागमा छलफल भइरहेको छ
खास गरी ब्रोइलर कुखुराको हकमा २ केजी तौलसम्मको जिउँदो कुखुराको मासु स्वस्थकर हुन्छ भन्ने मानिएको छ । किनभने ब्रोइलर कुखुरा २ केजी हाराहारी हुन २८÷३० दिन उमेरको हुनुपर्छ । त्यो उमेरसम्म कुखुरा प्राकृतिक रुपले नै बढ्छ । त्यसपछि भने कुखुरामा रोग बढी लाग्न थाल्छ । उसमा हुने रोग प्रतिरोध गर्ने क्षमता घट्छ । रोगको संक्रमण बढी हुँदा मृत्युदर बढ्छ । र, त्यसबाट कुखुरालाई जोगाउन औषधिहरु पनि प्रयोग गरिन थाल्छ । त्यसो हुँदा सानो तौलको कुखुराको मासु स्वास्थयका लागि फाइदाजनक हुन्छ ।
त्यसमा फ्याट कम हुन्छ । मानव शरीरलाई हानी गर्ने औषधिको प्रयोग कम भएको हुन्छ । यसरी उपभोक्ताको तर्फबाट हेर्दा सानो तौलको कुखराको मासु स्वस्थकर हुन्छ । कुखुरा पालकले पनि २८÷३० दिनमै २ केजीको कुखुरा बजारमा पठाउँदा उत्पादन लागत कम पर्छ । ४५ दिनसम्म पाल्दा हुने दाना, औषधि, समय र श्रमको लागत जोगिन्छ । र, वर्षमा ४ पटक कुखुरा निकाल्ने किसानले ५ पटक निकाल्न पाउँछन् । यसले उनीहरुलाई पनि फाइदा हुन्छ । त्यस्तै, दाना व्यवसायीलगायत सबै क्षेत्रलाई यो तौलको कुखुरा बजारमा पठाउँदा फाइदा नै हुन्छ ।
यो विषयमा हामीले पशुसेवा विभागमा पनि पटक पटक छलफल गरिरहेका छौँ । यस्तो मापदण्ड लागु गर्ने विषयमा कुरा भइरहेको छ । तर, पशु सेवा विभाग एक्लैले मात्रै यो मापदण्ड लागू गरेर कार्यान्वयन गर्दै सक्दैन । यसका लागि पोल्ट्री क्षेत्रका सबै व्यवसायी पनि तयार हुनुपर्छ । विश्वका कतिपय देशमा कुखुराको तौल अनुसार मासुको विधिविकरण गर्ने, गुणस्तरको वर्गीकरण गर्ने र त्यसैअनुसार मूल्य पनि राख्ने गरिएको छ । कुन प्रकारको उत्पादन कहाँ पठाउने भन्नेलगायत विषयका मापदण्ड पनि देखिन्छ । हामीकहाँ पनि त्यसो गर्न सके सबैलाई फाइदा नै हुने देखिन्छ ।
कसानको उत्पादनलाई छिटोछिटो बजारमा ल्याइयो भने उसको नाफा बढ्छ
तपाईं राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ । अहिले कुखुराको मासुको उत्पादन, बिक्रीवितरण अवस्था कस्तो छ ?
देशको परिस्थितिअनुसार कुखुराको मासु उत्पादनको अवस्था राम्रो छ । उपभोगका हिसाबले अन्यको तुलनामा ब्रोइलर कुखुराको मासु रोजाइमा पर्ने गरेको पाइन्छ । किनभने, अहिलेको नयाँ जेनेरेसनको दिलचस्पी खसी र लोकल कुखुरामा भन्दा ब्रोइलरमा बढी छ । नयाँ पुस्ताको रुचिमा परेकाले फास्ट फुड रेस्टुरेन्टदेखि पार्टी प्यालेसलगायतमा कुखुराको मासुका परिकार बन्ने गरेका छन् ।
वजनका हिसाबले कस्ता कुखुरा उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ?
विज्ञहरूका अनुसार, व्यवसाय, किसान र उपभोक्ताको हिसाबले सानो कुखुराको मासु उपभोग गर्नु लाभदायक हुन्छ । तर हाम्रो संस्कारले कठिनाइ भइरहेका छन् । किनभने, हाम्रो प्रचलन चाम्रो मासु खाने छ । लोकल कुखुरा उपभोग गरेर भर्खर–भर्खर ब्रोइलर उपभोग गर्न थालेकाले कडा खालका खाने स्वभाव छ । यसलाई हामीले विस्तारै सुधार गरेर लैजानुपर्छ । विज्ञहरूमार्फत सानो र ठूलो कुखुरा खाँदा के फरक पर्छ भनेर उपभोक्तामाझ पु¥याउनु पर्छ ।
सुनिन्छ कि बढी वजन भएका कुखुरामा एन्टिबायोटिक्स प्रयोग गरिएको हुन्छ र स्वास्थ्यबद्र्धक पनि हुँदैन । यसबारे सुसूचित गर्ने दायित्व तपाईंहरूको पनि हो । यसलाई निभाउने प्रयास पनि भइरहेका छन् कि ?
उपभोक्तामाझ जाने भनेको सरकारी अधिकारीकै ‘भ्वाइस’ हो । किनभने, उपभोक्ताले हामी व्यवसायीले भनेको कुरा पत्याउनु हुन्न । त्यसैले हामीहरूले विभिन्न बैठक, सेमिनारमा सरकारका अधिकारीलाई यसबारे जनचेतना जगाउन सुझाव दिने गरेका छौं । पत्रपत्रिका, टेलिभिजन, अनलाइनलगायत सञ्चारमाध्यममा यसबारे सामग्री दिएर उपभोक्तामाझ पु¥याउन बियालो गर्न हुँदैन ।उपभोक्ताले कस्तो कुखुरा उपभोग गर्दा फाइदा हुन्छ, बताइदिनुहोस् न । डेढ किलोसम्मको ब्रोइलर उपभोग गर्नु स्वास्थ्यका लागि त फाइदाजनक छ नै उत्तिकै स्वादिलो पनि हुन्छ । यसमा रेसादार मासु हुँदैन । अन्तर्राष्ट्रिय मापदण्डमा नै डेढ किलोमुनिका मासु खाने उल्लेख छ । भर्खर–भर्खर कुखुराको मासु उपभोग गर्न थालेकाले उपभोक्ताले धेरै ज्ञान लिन बाँकी नै छ । त्यसैले जतिसक्दो छिटो विज्ञ, नेपाल सरकारका अधिकारीमार्फत उपभोक्तामाझ यी कुरा पु¥याउनु पर्छ । त्यसो त, सचेत उपभोक्ता नभएका भने होइनन् । हामीले भन्दा धेरै बुझ्ने उपभोक्ता पनि हुनुहुन्छ ।
तपाईं नेतृत्वको संघले कुखुराको समर्थन मूल्य तोक्दै आएको छ । साना कुखुरा खाने किसानलाई प्रेरित गर्न सहुलियत मूल्य राख्न सकिँदैन ?
साना कुखुरामा सहुलियत राख्नुभन्दा पनि किसानको उत्पादनलाई छिटोछिटो बजारमा ल्याइयो भने उसको नाफा बढ्छ । किनभने, ठूला कुखुरा पाल्दा एक वर्षमा चार पटक बजारमा ल्याउन सक्छ भने साना कुखुरा बजारमा लैजाँदा ६ पटकसम्म उत्पादन गर्न सक्छ ।
आजभोलि हामीले जुन प्रणालीबाट कुखुराको मूल्य निर्धारण गर्दै आएका छौं, त्यसबाट ठूलो कुखुराभन्दा सानाको केही कम हुन्छ नै ।
डेढदेखि २ किलोको कुखुराको मासु खाँदा राम्रो
कुखुरा जति ठूलो हुँदै गयो उति नै यसलाई जोगाएर ठूलो बनाउन एन्टिबायोटिकलगायतका औषधि दिइन्छ । यस्ता कुखुराको मासु खाँदा मानव शरीरमा पनि एन्टिबायोटिक्सको मात्रा बढ्छ । यसले मानिसलाई कुनै रोग लागेर एन्टिबायोटिक्स औषधि चलाउनु पर्ने अवस्थामा त्यस्तो औषधिले काम नगर्न सक्छ । त्यसो हुँदा जतिसक्दो सानैमा अर्थात् डेढदेखि २ किलोको कुखुराको मासु खाँदा राम्रो हुन्छ भन्ने चिकित्सक तथा विज्ञहरूको भनाइ छ । यो अभ्यास नेपालमा पनि गर्ने हो भने यसले सबैलाई फाइदा नै पु¥याउने देखिन्छ ।
पछिल्लो समय नेपालमा कमलो मासु हुने हुनाले बालबालिकाले पनि कुखुराकै मासु मन पराउने गरेका छन् । कम तौलका कुखुरा बजार पठाउने नियम बसाइयो भने कुखुराको मृत्युदर पनि कम हुन्छ । दाना कम लाग्छ । कुखुरा उत्पादन र खपतको चक्र (रोटेशन) चाँडोचाँडो पूरा हुन्छ । यसले ह्याचरी व्यससायी, दाना व्यवसायी, मासु पसले, उपभोक्तालगायत सबै पक्षलाई फाइदा हुन्छ ।
२५ देखि २८ दिनभित्रका कुखुराको मासु बजारमा पठाउँदा सबैलाई फाइदा
कुखुरापालन गर्दा बी ०, बी १ र बी २ दानाको आवश्यकता किन हुन्छ भनेर पोल्ट्री विज्ञहरूले आमकिसान, नागरिक तथा उपभोक्तामा प्रष्ट रूपमा भन्नु पर्छ । मैले बुझेअनुसार बी ० र बी १ दाना खुवाउँदा कुखुरा निरोगी र स्वस्थ हुन्छन् । तर २५ देखि २८ दिन पालेपछि कुखुरालाई बी २ लेभलको दाना खुवाउन थालिन्छ । यो लेबलको दानाले १ दिनमा २ सय ग्राम मासु वृद्धि हुन्छ । यसको अर्थ बी २ दानामा उच्च केमिकल र प्रोटिनको प्रयोग गरिएको हुन्छ ।
दिनमा २ सय ग्रामको दरले बढ्दा ४०÷४५ दिनभित्रमा थप २ केजी मासु बढाउँछ । कुखुराको आफ्नो क्षमताभन्दा बढी मासु उत्पादन गराउन खुवाइने उक्त दानाले कुखुरालाई कमजोर बनाउँदा यसरी दाना खुवाइएको कुखुरा ४० देखि ४५ दिनपछि मर्न थाल्छन् । आवश्यकताभन्दा बढी तौल बढाउँदा कुखुराको मुटु, कलेजो र फोक्सो कमजोर भएर कुखुरा मर्ने हुन् । अनि कुखुरा बचाउन विभिन्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ ।
त्यसरी एन्टिबायोटिक औषधिको प्रयोग भएको कुखुराको मासु खाँदा मानव स्वास्थ्यलाई असर गर्छ । मानिसको शरीरमा त्यो एन्टिबायोटिक प्रवेश गर्छ । र, कुनै कारणले बिरामी पर्दा मानिसलाई एन्टिबायोटिक औषधि प्रयोग गर्नुपरेको अवस्थामा त्यस्तो औषधिले काम नै नगर्ने अवस्थासमेत आउन सक्छ ।
त्यसो हुँदा डेढदेखि २ केजीसम्म जुन प्राकृतिक रूपमा दानाको प्रयोग गरेर बढेका ब्रोइलर कुखुराका मासु खानुपर्छ । यस्ता वजन भएका कुखुराको मासु नै मानव शरीरका लागि लाभदायक हुन्छन् । त्यसो हुँदा हामीले आम पोल्ट्री व्यवसायीले बि २ दानाको प्रयोग नगरी बजारमा कुखुरा लैजाँदा सबैलाई फाइदा गर्छ । किसानलाई पनि यसले आर्थिक रूपमा फाइदा नै पुग्छ ।
२५ देखि २८ दिनमा डेढदेखि २ केजीको कुखुरा बजारमा पठाउँदा बी २ दानाको प्रयोग नै गर्नु नपर्ने भएकोले दानामा फाइदा हुन्छ । थप १०÷१५ दिन पाल्दा आउने कुखुराको दानाको लागत कम हुन जान्छ । त्यतिन्जेलसम्मको मिहिनेत र रेखदेखको खर्च पनि घट्छ । कुखुरा उत्पादनको चक्र चाँडो–चाँडो पूरा हुने हुँदा यसले आर्थिक, सामाजिक र स्वास्थ्यलगायत दृष्टिले फाइदा गर्छ । यसैअनुसार हामी सबैले उत्पादनमा लाग्यौँ भने सबै पक्षको भलो हुन्छ ।
प्रतिक्रिया