आकस्मिक राहत कोषबाट सहयोग वितरण : क्यान्सरपीडित व्यवसायीलाई आर्थिक सहायता

काठमाडौँ  । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले आफ्ना सदस्यप्रति उत्तरदायित्व र सामाजिक सहकार्यको उदाहरण प्रस्तुत गर्दै आकस्मिक राहत कोषमार्फत एक सदस्यलाई उपचार सहयोग उपलब्ध गराएको छ।

संघको केन्द्रीय सचिवालयको मिति २०८२ चैत १६ गते बसेको बैठकले बाँके शाखाका सदस्य तथा नन्दनी समीक्षा एग्रोभेटका सञ्चालक श्री शशिचन्द्र सापकोटालाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशको मिति २०८२ चैत १२ गतेको पत्र तथा बाँके शाखाको मिति २०८२ चैत ५ गतेको सिफारिसका आधारमा सापकोटामा मुखको क्यान्सरजस्तो गम्भीर तथा प्राणघातक रोग देखिएको पुष्टि भएपछि संघले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

सो निर्णयअनुसार संघद्वारा सञ्चालित “शुभ जन्मोत्सव विशेष नेपाल पशुपन्छी औषधि व्यवसायी संघ  आकस्मिक राहत कोष २०८१” बाट पचहत्तर हजार रुपैयाँको रकम उहाँको बैंक खातामा पठाउन चेक डिपोजिट प्रक्रियामा अगाडि बढाइएको महासचिव सादुराम ढकालले जानकारी दिनुभयो।

संघले ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रलाई व्यवहारमा उतार्दै सदस्यहरूको कठिन परिस्थितिमा साथ रहने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। साथै, भविष्यमा पनि यस्ता मानवीय सहयोगलाई संस्थागत रूपमा अझ सुदृढ गर्दै लैजाने उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *