नाम दर्ता परीक्षा विवाद : उच्च अदालत पाटनद्वारा रिट खारेज
काठमाडौँ । पशु चिकित्सकको नाम दर्ता परीक्षा सम्बन्धी विवादमा उच्च अदालत पाटनले दायर गरिएको रिट निवेदन खारेज गरेको छ।
मंगलबार बसेको संयुक्त इजलासमा न्यायाधीश टंकप्रसाद गुरुङ र दीपककुमार खरेलले डा. महेश ठाकुरले दायर गरेको उत्प्रेषण रिट खारेज गर्ने फैसला गरेका हुन्।
नेपाल पशु चिकित्सा परिषद्, त्रिपुरेश्वर काठमाडौं समेतलाई विपक्षी बनाउँदै दायर गरिएको उक्त रिटमा परिषद्ले सञ्चालन गर्ने नाम दर्ता परीक्षा ऐनविपरीत भएको दाबी गरिएको थियो। अदालतले उक्त दाबीलाई अस्वीकार गर्दै रिट खारेज गरेको हो।
प्रतिक्रिया
