नेपाल डेरी एसोसिएशनद्वारा डा. बंशी शर्मा सम्मानित

ललितपुर । डेरी तथा कृषि क्षेत्रको नीति निर्माण, संरचनागत सुधार र संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्‍याएबापत पूर्व प्रदेश कृषि सचिव डा. बंशी शर्मा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। नेपाल डेरी एसोसिएशनको २७ औँ साधारण सभा तथा ९ औँ राष्ट्रिय अधिवेशनको अवसरमा आयोजित विशेष कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

नेपाल डेरी एसोसिएशनले कृषि तथा डेरी क्षेत्रलाई व्यवस्थित, दिगो र किसानमुखी बनाउन डा. शर्माले निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाएको छ। सम्मानपत्रमा कृषि तथा डेरी क्षेत्रको नीति, संरचना र दीर्घकालीन विकासका लागि उहाँले पुर्‍याएको जिम्मेवारीपूर्ण योगदान, दूरदर्शी नेतृत्व र इमानदार सेवाभावको प्रशंसा गरिएको छ।

एसोसिएशनका अनुसार डा. शर्माको नेतृत्वकालमा डेरी उद्योग र किसानबीचको समन्वय सुदृढ हुनुका साथै नीतिगत सुधार र संस्थागत विकासका महत्वपूर्ण पहलहरू अघि बढेका थिए। उहाँका अनुभव, ज्ञान र योगदान आगामी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वाससमेत एसोसिएशनले व्यक्त गरेको छ।

उक्त कार्यक्रममा डेरी उद्योगका प्रतिनिधि, कृषि क्षेत्रका सरोकारवाला तथा विभिन्न प्रदेशबाट आएका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *