नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल
ललितपुर । नेपाल डेरी एसोसिएशनको २७ औँ साधारण सभा तथा ९ औँ राष्ट्रिय अधिवेशनबाट प्रल्हाद दाहालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। ललितपुरमा सम्पन्न अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिपप्रसाद धमलालाई चयन गरेको छ। उपाध्यक्ष पदमा मनोज कुमार यादव, कर्णबहादुर हमाल, मनोज कुमार घिमिरे, योगेन्द्र चिमरिया, दयाराम भण्डारी र रामभक्त दाहाल निर्वाचित भएका छन्। उनीहरू कोशी, सुदूरपश्चिम, बागमती, लुम्बिनी लगायत विभिन्न प्रदेशका डेरी उद्योगहरूसँग आबद्ध रहेका छन्।
यसैगरी संस्थाको प्रशासनिक जिम्मेवारी अन्तर्गत महासचिवमा हेमचन्द्र खनाल, सचिवमा शिवहरि आचार्य र कोषाध्यक्षमा शिवलाल भुषाल चयन भएका छन्। उपमहासचिवमा विजयप्रसाद चौरासिया, सह–सचिवमा रमेश सञ्जेल र सह–कोषाध्यक्षमा अशेष कुमार बुढाथोकीलाई जिम्मेवारी दिइएको छ।
अधिवेशनले केन्द्रीय सदस्यहरूमा रविशरण थापा, शिव घिमिरे, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खरल, कृष्णप्रसाद भट्टराई, रविन्द्र हुमागाईं, जनक न्यौपाने, तुलुकामी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार बाइबा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बास्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर बोहोरा, निराजन कोइराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले देशका सातै प्रदेशमा रहेका डेरी तथा दुग्ध प्रशोधन उद्योगहरूको प्रतिनिधित्व गर्ने नेपाल डेरी एसोसिएशनले जनाएको छ।
अधिवेशनको अवसरमा डेरी तथा कृषि क्षेत्रको नीति निर्माण, संरचनागत सुधार र संस्थागत विकासमा दीर्घकालीन योगदान पुर्याएको भन्दै पूर्व प्रदेश कृषि सचिव डा. बंशी शर्मालाई नेपाल डेरी एसोसिएशनद्वारा राष्ट्रिय सम्मान प्रदान गरिएको छ। कृषि तथा डेरी क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउन उहाँले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको एसोसिएशनले जनाएको छ।
