काफ्लेको नेतृत्वमा एनभीए लुम्बिनीको नयाँ कार्यसमिति चयन

काठमाडौं ।नेपाल भेटेरिनरी एसोसियसन, लुम्बिनी प्रदेशको साधारण सभाले डा. भरत काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति  चयन गरेको छ।

नवनिर्वाचित  अध्यक्षमा डा. भरत काफ्ले, उपाध्यक्षमा डा. मनीष गौतम, सचिवमा डा. अविनाश क्षेत्री, सह-सचिवमा डा. सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा डा. सुमित सिंह जि.सि. चयन हुनुभएको छ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा डा. नारायण पौडेल, डा. सुरज थारु, डा. जगदिश रिजाल, डा. प्रतिभा थापा मगर, डा. शिशिर भट्टराई र डा. रेगम पोख्रेल चयन हुनुभएको छ।

साधारण सभामा लुम्बिनी प्रदेशभरिका भेटेरिनरी क्षेत्रसँग सम्बन्धित विभिन्न विज्ञ र सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा नवनिर्वाचित अध्यक्ष डा. भरत काफ्लेले आफ्नो कार्यकालमा पशु स्वास्थ्य सेवा र भेटेरिनरी पेशाको प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा निवर्तमान अध्यक्ष डा. युवराज पन्थको नेतृत्वमा रहेको कार्यसमितिको सफल कार्यकालको उच्च प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना र बधाई दिइएको छ।

नयाँ कार्यसमितिले लुम्बिनी प्रदेशमा पशुपालन क्षेत्रको विकास र पशु स्वास्थ्य सेवा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *