एनभीए कर्णालीको अध्यक्षमा डा. उमेश गिरी निर्वाचित

काठमाडौं ।नेपाल भेटेरीनरी एशोसिएसन (एनभीए), कर्णाली प्रदेशको चौथो अधिवेशन सुर्खेतमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न अधिवेशनले डा. उमेश गिरीको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डा. सोबिना मल्ल, सचिवमा डा. लोकेन्द्र बहादुर खड्का, सह-सचिवमा डा. सुनिल ज्ञवाली र कोषाध्यक्षमा डा. रञ्जन सिंह कुशवाहा निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा डा. लक्ष्मी चौलागाईं, डा. अरुण चौलागाईं, डा. निर्दिष्टा पाठक, डा. दिनेश चौलागाईं, डा. चेतन ढकाल र डा. आकाश सुबेदी रहेका छन्।

अधिवेशनमा कर्णाली प्रदेशभरिका भेटेरीनरी चिकित्सकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *