गोदावरीमा पशुपालन व्यवस्थापन तथा आहारा सम्बन्धी अन्तरक्रिया सम्पन्न

ललितपुर । ए.बी. पेलेट फिड प्रा. लि. र जिरे खोर्सानी कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालय भवनमा ‘पशुपालन व्यवस्थापन तथा आहारा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ८० जना पशुपालक कृषकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ब्यानर पढेर औपचारिक उद्घाटन गर्नुभएको थियो। साथै, जिरे खोर्सानी सहकारी संस्थाका अध्यक्ष सरस्वती बन्जारा, वडा नं. ४ का अध्यक्ष सानु भाइ नगरकोटी, ए.बी. पेलेट फिड प्रा. लि. का प्रबन्ध निर्देशक बलराम सन्जेल, प्रशिक्षक डा. गणेश बन्जारा, कार्यक्रम संयोजक दिपेश लामिछानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा प्रबन्ध निर्देशक पिताम्बर सन्जेलले अन्तरक्रिया कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। सहकारीका कोषाध्यक्ष राजकुमार परियारले जिरे खोर्सानी सहकारी संस्थाको कृषि गतिविधिबारे जानकारी गराउनुभयो।

प्रशिक्षक डा. गणेश बन्जाराले गाईभैंसीको आहारा आवश्यकता र व्यवस्थापनबारे विस्तृत जानकारी दिनुभएको थियो। त्यस्तै, प्रशिक्षक डा. उमेश मण्डलले पोषणको कमीका कारण देखिने रोगहरू, प्रजननसम्बन्धी समस्या र तिनका समाधानका उपायबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रम संयोजक दिपेश लामिछानेले ए.बी. पेलेट फिड प्रा. लि. पशुपालनका लागि उच्च गुणस्तरको आहारा उत्पादनमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

अन्तरक्रिया कार्यक्रम पशुपालक कृषकहरूका लागि ज्ञानवर्द्धक र उपयोगी रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजक संस्थाहरूले जनाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *