७८ सहसचिवको सरुवा, पशु सेवा विभागका महानिर्देशक दाहाल मधेश प्रदेशमा सरुवा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत ७८ जना सहसचिवको सरुवा गरेको छ। यस क्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल को सरुवा मधेश प्रदेश अन्तर्गत सचिव पदमा गरिएको छ।

तर, पशु सेवा विभागमा उनको स्थानमा कसलाई पठाइने भन्ने निर्णय हुन बाँकी रहेको कृषि मन्त्रालय स्रोतले जनाएको छ।

त्यस्तै, मधेश प्रदेशका कृषि सचिव डा. विनय कुमार कर्ण को सरुवा कृषि मन्त्रालयमा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *