बर्ड फ्लूको नयाँ प्रजाति फेला – कति खतरनाक होला?

कोशी प्रदेशको सुनसरी जिल्लाको कोशी ग्रामीण नगरपालिका–६ स्थित श्री सप्तकोशी कृषि फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तीव्र कदम चालेको छ।

“कुखुराको मासु चाहिँ नल्याउनू है! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु! बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू!”

आजभोलि मासु खाने प्रायः सबैको घरमा यो संवाद सुन्ने गरिन्छ। हरेक वर्षझैँ यस पटक पनि नेपालमा बर्ड फ्लूको संक्रमण फेला परेपछि जनमानसमा त्रास निक्कै बढेको छ।

सामान्यतः हरेक वर्ष बर्ड फ्लूको महामारीको खबर सार्वजनिक हुनेबित्तिकै प्रायः मानिसहरूले कुखुराको मासु खान छाड्ने गर्छन्। सरकारले तथा विशेषज्ञहरूले कुखुराको मासु उचित तरिकाले पकाएर खाए शतप्रतिशत सुरक्षित हुन्छ भने पनि त्यसले मानिसहरूलाई पूर्ण रूपमा विश्वस्त गराउन सकेको छैन।

त्यसमाथि, बर्ड फ्लूकै कारण मानिस मरेको घटना सार्वजनिक भएपछि त ठूलो आतंक पैदा हुनु स्वाभाविक नै हो।

बर्ड फ्लू नेपालमा मात्रै सीमित छैन

बर्ड फ्लू नेपालमा अहिले मात्रै देखिएको घटना होइन, न त यो नेपालमा मात्र सीमित समस्या हो। बर्ड फ्लूको संक्रमण विश्वका जुनसुकै भागमा पनि फैलिन सक्छ। केही समय पहिले एशियाका विभिन्न देशहरूमा बर्ड फ्लू महामारीकै रूपमा फैलिएको थियो।

बर्ड फ्लू चराहरूमा पाइने भाइरल रोग हो, तर यो मानिसमा पनि फैलिन सक्छ। कुखुरा वा अन्य चराहरू खाने मानिसहरू बाहेक, कुखुरा नखाने मानिसहरूलाई पनि बर्ड फ्लू हुन सक्छ।

अब तपाईं सोच्दै हुनुहुन्छ होला कि बर्ड फ्लू सधैं कुखुराको मासु खाने मानिसहरूलाई मात्र लाग्छ। तर कुखुराको मासु नखाईकन पनि बर्ड फ्लूबाट संक्रमित हुन सकिन्छ।

नयाँ प्रजाति – D1.1 र यसको प्रभाव

हालै बर्ड फ्लूको नयाँ प्रजाति फैलिएको रिपोर्ट आएको छ। यो नयाँ प्रजातिको नाम D1.1 हो। यसको केसहरू मुख्यतया अमेरिकामा फेला परेका छन्।

पहिले D1.1 जंगली चरा र कुखुरामा मात्र पाइन्थ्यो। तर अब यो गाई र मानिसमा पनि फैलिरहेको छ। हालै अमेरिकाको नेभाडामा डेरीमा काम गर्ने एक व्यक्तिमा D1.1 को संक्रमण पुष्टि भएको छ।

USA Today का अनुसार, यो डेरी कामदार दुग्धजन्य जनावरहरूसँग काम गरेपछि भाइरसको सम्पर्कमा आएको थियो। अमेरिकी कृषि विभागको पशु तथा वनस्पति स्वास्थ्य निरीक्षण सेवाले जनवरी ३१ मा नेभाडामा दुग्धजन्य गाईवस्तुमा D1.1 पुष्टि गरेको थियो।

अमेरिकाको नेभाडा कृषि विभागले राज्यका छ वटा दुग्ध बथानमा H5N1 बर्ड फ्लू भाइरसको नयाँ प्रकारको परीक्षण गर्दा पोजेटिभ देखिएको पुष्टि गरेको छ।

एक रिपोर्टका अनुसार, D1.1 ले संक्रमित चराहरूसँगको सम्पर्कबाट मात्र चराहरू र मानिसहरूलाई संक्रमित गर्न सक्छ। तर, यसको विपरित B3.13 हाल संयुक्त राज्य अमेरिकाभरि दुग्ध बथानहरूमा फैलिरहेको छ।

वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि दुग्धजन्य गाईवस्तुमा D1.1 को संक्रमण जनावर र मानव स्वास्थ्य दुवैमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। पेन्सिलभेनिया विश्वविद्यालयका रोगविज्ञानी डा. लुइस मोन्क्लाका अनुसार, धेरै बथानमा भाइरसको उपस्थितिले यो भाइरस अझ व्यापक हुन सक्ने संकेत गर्छ।

नयाँ प्रजाति – H5N9 क्यालिफोर्नियामा फेला

क्यालिफोर्नियाको मर्सिड कन्ट्रीमा बर्ड फ्लूको अर्को नयाँ प्रजाति H5N9 हाँस फार्ममा फेला परेको छ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार, H5N9 पहिलो पटक अमेरिकामा देखिएको छ, जसका कारण यसलाई गम्भीर चिन्ताको विषय मानिएको छ।

बर्ड फ्लूका लक्षणहरू

चराहरूमा:
• अचानक मृत्यु
• प्वाँख झर्नु
• टाउको र घाँटी हल्लाउनु
• हिँड्न गाह्रो हुनु
• अण्डा उत्पादनमा कमी आउनु

मानिसमा:
• ज्वरो
• खोकी
• घाँटी दुख्ने
• मांसपेशी दुख्ने
• टाउको दुख्ने
• थकान
• सास फेर्न गाह्रो हुने

बर्ड फ्लूको जोखिम

बर्ड फ्लूको खतरा चराचुरुङ्गी र जनावरहरूको लागि मात्र नभई मानिसको लागि पनि हो। मानिसमा संक्रमणको जोखिम कम भए पनि संक्रमित चरा वा जनावरको सम्पर्कमा आउने मानिसहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *