केनल क्लब अफ नेपालको नयाँ नेतृत्व चयन, बैशाली डंगोल अध्यक्ष निर्वाचित

काठमाडौं । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले केनल क्लब अफ नेपालको नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनमार्फत बैशाली डंगोल अध्यक्षमा निर्वाचित भएकी छन्।
कार्यसमितिको उपाध्यक्ष सुवोध मान श्रेष्ठ, प्रमुख सचिव विवेश श्रेष्ठ, सचिव लक्ष्मण देउला र कोषाध्यक्ष महेश्वर पलाञ्चोकी चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा गोविन्द बस्ताकोटी, रमेश बस्ताकोटी, रामप्रसाद न्यौपाने र शंकर ब्यंजनकर निर्वाचित भएका छन्।
प्रतिक्रिया