सन्तोषी श्रेष्ठ र राजन रोकाय ‘राइट टु प्रोटिन रन ’का विजेता

काठमाडौँ। चौथो संस्करणको ‘राइट टु प्रोटिन रन ’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा दशरथ रंगशालाबाट सुरु भएको यस प्रतियोगितामा आठवटा विभिन्न विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरे। खुला हाफ म्याराथनतर्फ महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय विजयी बने।

दश किलोमिटर दौडतर्फ सञ्जय श्रेष्ठ पहिलो स्थानमा रहे। पाँच किलोमिटर दौडमा महिलातर्फ फूलमति राना विजयी भइन्। विद्यार्थी समूहतर्फ पाँच किलोमिटर पुरुषतर्फ लोकेन्द्र बोहरा र तीन किलोमिटर महिलातर्फ अस्मिता भुजेल प्रथम भए। फरक क्षमता भएका व्यक्तिहरूका लागि आयोजित ह्विलचियर दौडतर्फ ऐश्वर्यकुमारी कुमाल (महिला) र रमेश खत्री (पुरुष) विजयी बने।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, र पदक प्रदान गरिएको थियो। खुला हाफ म्याराथनतर्फ पहिलो स्थानमा रहेकाहरूले जनही रु १ लाख ५० हजार प्राप्त गरे। दोस्रो स्थानका लागि रु १ लाख, तेस्रोका लागि रु ७० हजार, चौथोका लागि रु ५० हजार, र पाँचौँ स्थानका लागि रु ३० हजार प्रदान गरियो।

दश किमी दौडतर्फ पहिलो स्थान हासिल गर्नेले रु ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार, र पाँचौँलाई १० हजार प्रदान गरियो। पाँच र तीन किलोमिटर दौडतर्फ पनि क्रमशः विभिन्न राशिमा नगद पुरस्कार वितरण गरियो। ह्विलचियर दौडका विजेताहरूलाई पनि नगद राशिसहित सम्मान गरिएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा झन्डै आठ हजार खेलाडीहरूको सहभागिता रहेको थियो। संयोजक डा. शीतलकाजी श्रेष्ठले यो दौड प्रतियोगिताले प्रोटिनको महत्वबारे जनचेतना फैलाउने र स्वस्थ जीवनशैलीको अभ्यासमा जोड दिने उद्देश्य राखेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *