व्यवसायी लाभान्वित हुनेगरी औषधि व्यवसायी संघले गर्यो बीमा सम्झौता
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच बीमा कारोबार सम्झौता गरिएको छ।
संघका अध्यक्ष रितेश रिमाल र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक रामजी ढकालबीच बीमा कारोबार सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो।
योसँगै संघका औषधि व्यवसायीहरूको दुर्घटना तथा सम्पत्तिहरूको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा सरल र प्रभावकारी ढंगले बीमा हुने भएको छ।
दुई पक्षबीच भएको सम्झौताको सर्तहरूमा औषधि व्यवसायीको कुनै पनि बीमा योग्य सम्पत्ति तथा दुर्घटनाको बीमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गर्ने, बीमा गरिएका सम्पत्तिमा नेपाल बीमा प्राधिकरणको नियमअनुसार छुट दिने, बीमा गरिएका सम्पत्तिमा क्षति पुगेको स्थितिमा शीघ्र प्रक्रिया अघि बढाइ क्षतिपूर्ति दिने, ५० हजारको दाबी एक हप्ताभित्र फछ्र्योट गर्ने र दुवैको सहकार्यमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषय उल्लेख छन्।