गुणस्तरीय दाना प्रयोगबाट दुध उत्पादन वृद्धि गर्न कृषकलाई सुझाव
काठमाण्डौ ।भरतपुर–१४, राधापुरस्थित कालिका मन्दिर नजिक नविन प्रविधि कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एबी प्यालेट फिड प्रा.लिको प्रायोजनमा पौष २० गते एक दिने पशुपालन व्यवस्थापन तथा आहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, सहकारी रोजगार प्रवद्र्धन शाखाका वरिष्ठ शाखा अधिकृत जीवनलाल कुँवर, वडा नं. १४ का अध्यक्ष राजेन्द्र साँखी, नविन प्रविधि कृषि सहकारीका अध्यक्ष ओमप्रसाद पोखरेल, एबी प्यालेट फिड प्रा.लिका प्रबन्ध निर्देशक पीताम्बर सञ्जेल र प्रबन्धक विवेक सञ्जेलको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रशिक्षक एबी प्यालेट फिडका दिपेश लामिछाने र डा. गणेश बन्जाराले ८० जना पशुपालक कृषकहरूलाई पशु पालन व्यवस्थापन, आहारको उचित मापदण्ड, पोषणको कमीले पर्ने असर, र दुध उत्पादन सुधारका विषयमा प्रशिक्षण दिए।
डा. बन्जाराले गाईभैंसी पालन गर्दा गोठको सरसफाइदेखि दुध उत्पादन प्रक्रियासम्ममा ध्यान दिनुपर्ने सुझाव दिए। प्रशिक्षकले उचित पोषणयुक्त दाना प्रयोग गर्दा दुध उत्पादन वृद्धि र पशुको स्वास्थ्यमा हुने सकारात्मक असरबारे जानकारी दिए।
कार्यक्रममा एबी प्यालेट दाना को गुणस्तर, फाइदा, र बजारमा पाइने मिसावटयुक्त दानाका समस्याहरूका विषयमा पनि छलफल भयो। प्रबन्ध निर्देशक पीताम्बर सञ्जेलले सरकारले तोकेको मापदण्ड अनुसारको दाना प्रयोग गर्न कृषकहरूलाई आग्रह गरे।
कार्यकारी निर्देशक विवेक सञ्जेलले कम्पनीले शुभम र सुपर प्यालेट दाना गुणस्तरीय मापदण्ड पूरा गरेर उत्पादन गरेको बताउँदै कृषकहरूलाई ढुक्क भएर प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरूले दानाको गुणस्तरबारे गुनासा राखेका थिए। यसको जवाफमा सञ्जेलले गुणस्तर निरन्तरता कम्पनीको प्राथमिकता रहेको उल्लेख गरे।
कार्यक्रममा जय नेपाल दुग्ध उत्पादन, शुभ शान्ति दुग्ध उत्पादन, त्रिशक्ति दुग्ध उत्पादन, अन्नपूर्ण दुग्ध उत्पादन, गरिबी निवारण साना किसान, लगायतका सहकारी संस्थाका कृषकहरू र व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी कृषक टीका पोखरेलले यो कार्यक्रम निकै फलदायक भएको र पशुको अवस्था अनुसार आहार व्यवस्थापन गर्न महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिए।
कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।