पशु चिकित्सा परिषदको उपाध्यक्षमा डा. शितलकाजी श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौं। नेपाल भेटेरिनरी एसोसिएसमा तीन कार्यकालका अध्यक्ष तथा नेपाल पशु चिकित्सा परिषदका पूर्व पदेन सदस्य डा. शितलकाजी श्रेष्ठले नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। भेटेरिनरी क्षेत्रमा कुशल नेतृत्व र नवीन दृष्टिकोणका लागि परिचित श्रेष्ठको उम्मेदवारीलाई पशु चिकित्सा क्षेत्रका जानकारहरूले स्वागत गरेका छन्।

डा. श्रेष्ठले नेपाल भेटेरिनरी एसोसिएसनमा तीनवटा कार्यकाल कुशलतापूर्वक नेतृत्व गर्दै पशु चिकित्सकहरूको व्यावसायिक छवि सुधार, शैक्षिक संस्थाहरूको गुणस्तर अभिवृद्धि, र नीतिगत परामर्शका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका थिए। उनको नेतृत्व क्षमताले संस्थागत सुधारमा सफलता हासिल गर्दै, भेटेरिनरी क्षेत्रका नयाँ पुस्ताका चिकित्सकहरूलाई प्रेरित गर्न पनि सहयोग पुर्याएका थिए ।

नेपाल पशु चिकित्सा परिषद ऐन, २०५५ अनुसार परिषदको संरचना एक अध्यक्ष, दुई उपाध्यक्ष, र आठ सदस्यहरूमा आधारित छ। यसमध्ये उपाध्यक्ष र पाँच सदस्यहरूको चयन निर्वाचनमार्फत हुने व्यवस्था छ। परिषदको निर्वाचन आगामी माघ ५ गते शनिबारका लागी तोकिएको छ।

नेपाल पशु चिकित्सा परिषद पशु चिकित्सकहरूको आचरण नियमन, प्रमाणपत्र वितरण, शिक्षण संस्थाहरूको शैक्षिक मापदण्ड अनुगमन, र सरकारलाई आवश्यक परामर्श दिनेजस्ता जिम्मेवारी बहन गर्दै आएको छ। परिषदले देशभर प्रभावकारी पशु स्वास्थ्य सेवा प्रदान गर्न योग्य जनशक्ति तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

हालसम्म डा. शितलकाजी श्रेष्ठबाहेक अन्य कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन्। यसले श्रेष्ठको उम्मेदवारीलाई थप बलियो बनाएको छ। उनले आफ्नो व्यापक अनुभव, नेतृत्व क्षमता, र नविन सोचका आधारमा परिषदलाई अझ प्रभावकारी र सुदृढ बनाउन आफू तयार रहेको बताएका छन्।

श्रेष्ठको उम्मेदवारीलाई परिषदका आगामी कार्ययोजनालाई सुदृढ बनाउने अवसरको रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *