नेभ्लाको ३५औँ वार्षिकोत्सव:पशुपन्छी औषधि व्यवसायी संघको शुभकामना

नेभ्लाको ३५औँ वार्षिकोत्सव:पशुपन्छी औषधि व्यवसायी संघको शुभकामना

काठमाडौं। नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले ३४ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघले शुभकामना व्यक्त गरेको छ।

संघका अध्यक्ष रितेश रिमाल र महासचिव सादुराम ढकाल (आशिष) ले संयुक्त रूपमा जारी गरेको शुभकामना सन्देशमा पशु स्वास्थ्य तथा सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिहरूको महत्त्वपूर्ण योगदानको उच्च मूल्यांकन गरिएको छ। सन्देशमा नेभ्लाले पशु स्वास्थ्य तथा सेवामा उच्चस्तरको सेवा प्रदान गर्दै संस्थाको स्थायित्व र प्रवर्द्धनका लागि खेलेको भूमिकाको प्रशंसा गरिएको छ।

शुभकामना सन्देशमार्फत नेभ्लाको ३५ वर्षको यात्रालाई प्रेरणादायी भन्दै संघले कृषक, व्यवसायी, र प्राविधिक जनशक्तिका हक–अधिकार सुनिश्चित गर्न संस्थाले खेलेको भूमिकालाई महत्वपूर्ण बताएको छ। साथै, संघले पशुपन्छी औषधि व्यवसायको क्षेत्रमा आवश्यक व्यवस्थापन, प्राविधिक सुधार, र विपद् व्यवस्थापनमा नेभ्लाको निरन्तर प्रयासलाई सराहना गरेको छ।

अध्यक्ष रिमालले नेभ्लाको योगदानको कदर गर्दै पशु स्वास्थ्य तथा सेवा क्षेत्रको दीर्घकालीन सुधारका लागि अन्य संघसंस्थासँगको सहकार्य आवश्यक रहेको औँल्याए।

संघले नेभ्लालाई आगामी दिनमा थप सशक्त, उत्तरदायी, र प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गर्दै पशु सेवाको क्षेत्रलाई सशक्त बनाउन आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *