पशुपन्छी औषधि बजार प्रतिनिधि संघको स्थापना दिवस : ४८ जनाले गरे रक्तदान

काठमाडौं । पशुपन्छी औषधि बजार प्रतिनिधि संघको ९औं स्थापना दिवसको अवसरमा वीरगञ्जको घन्टाघरमा आयोजित बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवन, जीवनदान नै महादान” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज, पर्सा शाखाका अध्यक्ष बिरेन्द्र राज कंडेल थिए भने संस्थाका अध्यक्ष अनिल कुमार पटेलले कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रममा २ महिलासहित ४८ जनाले आफ्नो रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा अभिमन्यु सिंह, ओम प्रकाश शाह, विरेन्जन यादव, अभिषेक तिवारी, रवि तुरहा, श्याम बञ्जारा, सुमन महतो, राजेश चौरसिया, मो. समिर अन्सारी, विजय शाह, जय प्रकाश यादव, मो. सम्साद आलम, राम आशिष चौधरीलगायत थिए।

पशुपन्छी औषधि बजार प्रतिनिधि संघका संस्थापक अध्यक्ष तुलसी भण्डारीलगायत नेपाल भेटेरिनरी एशोसियसन र पशुपन्छी औषधि व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *