ह्याचरी उद्यमीहरुलाई खुसीको खबर: कब ५०० ब्रोइलर प्यारेन्ट चल्लामा विशेष छुट घोषणा

काठमाडौं। दशैँ-तिहारको अवसरमा ह्याचरी उद्यमीहरूका लागि खुसीको खबर छ! नेपालको पहिलो जी.पी. फर्म कब नेपाल प्रा.लि.ले उत्पादन गर्ने कब ५०० ब्रोइलर प्यारेन्ट कुखुराको चल्लाको मूल्यमा विशेष छुटको घोषणा गरेको छ। यस योजनाअन्तर्गत, चल्लाको साविक मूल्य रु. ६९५ बाट रु. २०० घटाएर नयाँ मूल्य रु. ४९५ कायम गरिएको छ। यो छुट असोज १३ गतेदेखि मंसिर मसान्तसम्म लागु हुनेछ।

यस छुट योजनाले कुखुरा पालन व्यवसायमा संलग्न ह्याचरी उद्यमीहरूलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ।

कब नेपाल प्रा.लि.का सञ्चालक नारायणहरी खत्रीका अनुसार, “यस विशेष छुट योजनाले ह्याचरी उद्यमीहरूलाई आर्थिक सहयोग पुर्‍याउनुका साथै उत्पादन वृद्धि गर्न मद्दत गर्नेछ। ह्याचरी उद्यमीहरूले कम लागतमा उच्च गुणस्तरीय चल्ला प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको व्यवसायलाई थप सशक्त बनाउनेछ।”

यो छुट योजना देशभरका ह्याचरी उद्यमीहरूका लागि ठूलो अवसरको रूपमा आएको छ। ह्याचरी उद्यमीहरूले यस अवसरको अधिकतम लाभ उठाउन सकून् भन्ने उद्देश्यले कब नेपाल प्रा.लि.ले यो निर्णय गरेको हो।

यस प्रकारको छुटले नेपालको कुखुरा पालन व्यवसायलाई थप प्रोत्साहन दिने र देशको कृषि क्षेत्रलाई बलियो बनाउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *