पशु सेवा व्यवसायी परिषदको कार्यान्वयनमा विलम्ब किन ?

शु चिकित्सा परिषद् ऐन, २०५५ जारी भएसँगै पशु चिकित्सा परिषद्मा दर्ता पशु चिकित्सकबाहेकको पशु स्वास्थ्य तथा पशु सेवाको प्राविधिक जनशक्तिले गर्ने कामलाई कानूनी रूपमा अवैध बनायो । पेशागत सुरक्षा र  कानुनी मान्यताका लागि करिब २५ वर्ष लामो सघर्षपश्चात पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ ल्याउन सफल भइयो । यसले दर्तावाला पशुचिकित्सकबाहेक पशु स्वास्थ्य, पशु सेवा, डेरी तथा मत्स्य क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिहरूको पेशागत सुरक्षासँगै कानुनी दायरमा ल्याउन र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यमा प्रमुख भूमकाि खेल्दछ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ ले दर्ताबाल पशु चिकित्सकबाहेकको जनशक्तिलाई योग्यता र अनुभवको आधारमा प्रष्ट रूपमा वर्गीकरण गरेको छ । वर्गीकरणको श्रेणीअनुसार कार्य जिम्मेवारी दिने उल्लेख छ । यस ऐनले समेटिने जनशक्तिको योग्यता र अनुभवको आधारमा कामको वर्गीकरण गरी जिम्मेवारी तोकिने भएको पशु स्वास्थ्य सेवाका लागि कुन जनशक्तिले कुन काम गर्ने हो, प्रष्ट रूपमा परिभाषित भएको छ ।

नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसिएशनको अग्र नेतृत्वमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ ल्याउन सफल भए पनि पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रका प्राविधिक जनशक्तिलगायत डेरी र मत्स्य क्षेत्रका समेत प्राविधिक जनशक्तिलाई ऐनले समेटेको छ । अझै आधारभूत तहमा काम गर्ने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको समेत अभिलेख राख्ने र कार्य जिम्मेवारी किटान गरेको छ । साथै यस परिषदमा दर्ता हुने योग्य जनशक्ति उत्पादन गर्ने विश्वविधालय तथा शिक्षण संस्थाहरूको पाठ्यक्रम र मापदण्ड निर्धारण गर्ने जस्ता महत्त्वपूर्ण भूमिकाले गुणस्तरीय जनशक्ति उत्पादन हुने र गुणस्तरयुक्त जनशक्तिले कृषक/उद्यमीहरूलाई गुणस्तरीय सेवा पाउने खालको अवस्था बन्ने भएकोले सेवा गर्ने र सेवा पाउने दुवै सन्तुष्ट र सुरक्षित हुने वतावरण बन्छ ।

परिषद् ऐन आएको झण्डै दुई वर्ष हुन लाग्दा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१ भर्खरै मन्त्रिपरिषदबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ । नियमावलीसँगै परिषद् ऐन कार्यान्वयनमा चरणमा पूर्ण रूपमा प्रवेश गरेको छ । नियमावलीले मुख्यगरी परिषदमा दर्ता हुन योग्य जनशक्तिहरूको दर्ता गर्ने, दर्ता भएको जनशक्तिहरूको कार्य जिम्मेवारी र आचारसंहिता लागू गर्ने, परिषद गठनका लागि निर्वाचन प्रक्रिया र निर्वाचनबाट चयन हुने परिषद् पदाधिकारीहरूको निष्पक्ष रूपमा निर्वाचन गराउने, शैक्षिक संस्था र विश्वविद्यालयहरूको पाठ्यक्रम र मापदण्डहरू तोक्नेलगायतका विषयहरूलाई प्रष्ट्याएसँगै कार्यान्वयन प्रारम्भ हुने अवस्था बनेको छ ।

परिषदले दर्ता हुन योग्य जनशक्तिहरूको दर्ता प्रक्रिया अविलम्ब सुरु गनुपर्दछ । परिषदले पशु स्वास्थ्य, पशु विज्ञान, डेरी साइन्स र मत्स्य विज्ञानमा उच्च शिक्षा हासिल गरेको जनशक्तिदेखि आधारभूत तहसम्म अध्ययन र एक महिनाभन्दा बढी दिनको तालिम लिएका सबै जनशक्तिहरूलाई दर्ता गर्नुपर्ने हुन्छ । अहिलेको वर्तमान परिषदको पदाधिकारीहरूको अवधि तीन महिनाभन्दा अलि बढी छ । बाँकी अवधिमा करिब ८० हजार प्राविधिक जनशक्तिहरूको दर्ता गरिसक्नु पर्नेछ । त्यसका लागि नियमावली स्वीकृत भइसकेपछि कार्यथालनी जोडतोड रूपमा गर्न आवश्यक छ भने दर्तापश्चात यसै अवधिमा परिषदका उपाध्यक्ष र सदस्यहरूको निर्वाचन गराउनु पर्नेछ । सँगैसँगै विभिन्न परिषद सञ्चालन र व्यवस्थापनका साथै ऐन र नियमावलीले दिएको कानुनी अधिकारलाई कार्यान्वयन चरणमा लैजानु पर्दछ । त्यसका लागि परिषदले रफ्तारमा काम गर्नु नितान्त आवश्यक छ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन र नियमावलीले पशु चिकित्सबाहेकका प्राविधिक जनशक्तिहरूको दर्ता, नियमन तथा परिचालन सँगै गुणस्तरयुक्त जनशक्ति उत्पादन र गुणस्तरीय सेवा प्रवाहका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न काउन्सिलहरू रहेको छ तर यस काउन्सिललाई सही ढंगले व्यवस्थापन र परिचालन हुने काम गर्ने हो भने नेपालमा रहेका काउन्सिलहरू भन्दा यो सबैभन्दा ठूलो र ग्रामीण र दुर्गम क्षेत्रसम्म सञ्जाल भएको काउन्सिल बन्नेछ । जसको लागि ठोस योजनाका साथ भएका स्रोतहरूलाई समुचित ढंगले परिचालन गरी एकीकृत रूपमा अगाडि बढन महत्त्वपुर्ण हुन्छ ।

परिषद् ऐन आएको झण्डै दुई वर्ष हुन लाग्दा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली, २०८१ भर्खरै मन्त्रिपरिषदबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ । नियमावलीसँगै परिषद् ऐन कार्यान्वयनमा चरणमा पूर्ण रूपमा प्रवेश गरेको छ

परिषद ऐन र नियमावलीमा उल्लेख विषयहरूबारेमा यसका सरोकारवालाहरूले राम्ररी जानकारी लिन पनि आवश्यक छ । कुन तहको योग्यता र अनुभवले के काम गर्ने हो, जुन काम कानुनसम्मत हुन्छ ? बुझ्न र जान्न जरुरी छ । यसका मुख्य विषयलाई उल्लेख गर्न जरुरी छ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरीय र मर्यादित ढंगले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र पशु विकास कार्य गर्न दर्ता हुन योग्य जनशक्तिहरूलाई विभिन्न श्रेणीमा दर्ता गर्ने प्रावधान ऐनमा उल्लेख छ भने श्रेणी अनुसारको कार्यजिम्मेवारी नियमावलीले तोकेको छ । साथै व्यवसायीले तोकिएको अचारसंहिताको समेत पालना गर्नुपर्नेछ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी दर्ता हुने श्रेणी र श्रेणी अनुसार व्यवसाय गर्न सक्ने प्रावधान :

(क) “क श्रेणी”: मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधि उत्तीर्ण गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी ।

व्यवसाय गर्न सक्ने : विज्ञता हासिल गरेको क्षेत्रसँग सम्बन्धित पशु रोगको पहिचान र उपचार, भ्रूण  प्रत्यारोपण, कृत्रिम गर्भाधान, पशु आहारा, पशु कल्याण, पशु पोषण, पशुजन्य खाद्य  पदार्थ, पशु प्रजनन, भेटेरिनरी जनस्वास्थ्य, पशु स्वास्थ्य तथा पशु सेवा अनुसन्धान, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीसम्बन्धी अन्य विधा र त्यस्तो विधाको विशेषज्ञ सेवा तथा परामर्श ।

(ख) “ख श्रेणी”: मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सोसरहको उपाधि हासिल गरेका वा “ग श्रेणीमा” कम्तीमा दश वर्षको अनुभव हासिल गरेका र परिषद्ले तोके बमोजिममकाे निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी गर्न सक्ने उल्लेख छ ।

व्यवसाय गर्न सक्ने : बिरामी पशुको स्वास्थ्य परीक्षण, रोगको पहिचान र उपचार तथा सोको लागि औषधि लेखन, कृत्रिम गर्भाधान, पशु प्रजनन, पशु कल्याण, पशु पोषण, पशुजन्य खाध पदार्थ, पशुको आहारा, भेटेरिनरी जनस्वास्वास्थ्य सेवा, तालिम, प्रशिक्षण सहजीकरण, अनुसन्धानमा सहयोगी, शैक्षिक योग्यता र तालिमको सीमाभित्र रही पशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालन, पशु रोग निदानका लागि प्रयोगशला सञ्चालन, क्यानल क्लब सञ्चालन गर्न सक्ने उल्लेख छ ।

(ग) “ग श्रेणी”: मान्यता प्राप्त शिक्षण संस्थाबाट पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको उपाधि हासिल गरेका वा “घ” श्रेणीमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरी परिषद्ले तोकेबमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी उल्लेख छ ।

व्यवसाय गर्न सक्ने : शैक्षिक योग्यता तथा तालिमको सीमाभित्र रही बिरामी पशुको स्वास्थ्य परीक्षण, रोगको पहिचान र उपचार तथा सोको लागि औषधि लेखन, कृत्रिम गर्भाधान, पशु प्रजनन, पशु कल्याण, पशु पोषण, पशुजन्य खाद्य पदार्थ, पशुको आहारा, भेटेरिनरी जनस्वास्थ्य, शैक्षिक योग्यता तथा तालिमको सीमाभित्र रही पशु स्वास्थ्य सेवा क्लिनिक सञ्चालन, पशु रोग निदानका लागि प्रयोगशला सञ्चालन, केनल क्लब सञ्चालन गर्न सक्ने उल्लेख छ ।

(घ) “घ श्रेणी”: मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्राविधिक एस.एल.सी. वा सो सरहको उपाधि हासिल गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी गर्न सक्ने उल्लेख छ ।

व्यवसाय गर्न सक्ने : बिरामी पशुको आधारभूत स्वास्थ्य परीक्षण, रोगको पहिचान र उपचार तथा सोको लागि औषधि लेखन, तालिम लिएको व्यवसायीले कृत्रिम गर्भाधान, पशु प्रजनन, पशु कल्याण, पशु पोषण, पशुजन्य खाद्य पदार्थ, पशुको आहारा, भेटेरिनरी जनस्वास्थ्य, ऐन दफा १७ को खण्ड (३) बमोजिमको शैक्षिक योग्यता तथा तालिमको सीमाभित्र रही आधारभूत क्लिनिक सञ्चालन, पशुको आधारभूत रोग निदान, प्रयोगशला सञ्चालन, केनल क्लब सञ्चालन गर्न सक्ने उल्लेख छ ।

कम्तीमा एक महिनाको तालिम लिएका ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई समेत नाम दर्ता गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न सकने व्यवस्था रहेको छ । जसअनुसार ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले पशु रोगको प्राथमिक उपचार, परजीवीविरुद्धको औषधिको प्रयोग, पशु खोपको प्रयोग, भाले पशुको बन्द पद्धतिबाट गरिने बन्ध्याकरण, पशु रोगको नियन्त्रणमा सहयोग, पशुपालन र पशु रोगसम्बन्धी चेतनामूलक कार्य गर्न सक्ने उल्लेख छ ।

नाम दर्तासम्बन्धी व्यवस्था

नियामवलीको परिच्छेद ३ मा नाम दर्तासम्बन्धी व्यवस्था रहेको छ । नाम दर्ताको लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीसम्बन्धी  कानुन नबनेसम्मको लागि परिषदले नै नाम दर्ता गर्ने व्यवस्था भएकोले परिषदले नाम दर्ता प्रकृयाको शुरुवात गर्न जरुरी छ । नाम दर्ताको लागि शैक्षिक योग्यताको प्रतिलिपि, नेपाली नागकिताको प्रतिलिपि र स्थानीय तहको सम्बन्धित वडा कार्यालयले कार्य अनुभवका सम्बन्धमा  प्रमाणित गरेको पत्र र दस्तुर बुझाएको रसिदसहितको तोकिएको ढाँचा अनुसार निवेदन पेश गर्नुपर्ने व्यवस्था छ । अनुभव प्रमाणितको लागि परिषदले सहजीकरण गरी सरकारी कार्यालयले प्रमाणित गरेको अनुभवलाई समेत समेटन आवश्यक छ । नाम दर्ताको लागि अहिले व्यवसाय गरिरहेको अवस्थामा परिक्षा लिन नपर्ने र योग्यता र अनुभवको आधारमा श्रेणीमा दर्ता हुन योग्य हुन्छ, त्यसै श्रेणीमा दर्ता गरी दर्ता प्रमाणपत्र दिनु पर्ने व्यवस्था छ ।

परिषदको पदाधिकारीको लागि निर्वाचन सम्वन्धी व्यवस्था :

परिषदमा दुई किसिमले पदाधिकरी नियुक्त हुने प्रावधान रहेको छ । एउटा परिषदको गठनसम्बन्धी व्यवस्थामा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । जसमा परिषदको अध्यक्षलगायत सदस्यहरू र प्रकृया अनुसार रजिष्टार नियुक्त हुने छ भने उपाध्यक्षलगायत केही सदस्यहरू परिषदमा दर्ता भएका व्यवसायीहरूको मतदानबाट निर्वाचित भई नियुक्त हुने प्रावधान छ । त्यसैले अहिलेको नेपाल सरकारले नियुक्ति गरेको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरूको अवधि बढीमा एक वर्ष मात्र भएको र एक वर्षमा पनि आठ महिना बितिनै सकेकोले परिषदले अविलम्ब दर्ता प्रकृया शुरु गर्नु पर्दछ । दर्ताका लागि सहज र सजिलो हुने किसिमको डिजिटल प्लेटफर्म प्रयोग गर्न आवश्यक छ । जसले देशभरिको परिषदमा दर्ता हुन योग्यतम जनशक्तिहरूको सहज र सरल रूपमा दर्ता आवेदन दिने र दर्ता हुने अवस्था बनाउन सहयोग पुग्नेछ । साथै निर्वाचन प्रकृयालाई व्यस्थित हुने गरी दर्ता कार्यलाई प्रभावकारी बनाउनु पर्दछ ।

त्यसैले परिषद ऐन र नियमावलीलाई कार्यान्वयनमा जोड दिनुपर्दछ । ऐन र नियमावलीमा रहेको मुख्य विषयहरूको कार्यान्वयनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको सेवालाई व्यवस्थित, गुणस्तरीय र मर्यादित ढंगले परिचालन गरी प्रभावकारी सेवा प्रवाह हुने अवस्था बन्ने र यसले पेशागत सुरक्षासमेत प्रदान गर्ने भएकोले परिषदको कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जोड दिन आवश्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *