पोल्ट्री एक्सपोमा तीन पाठशाला हुने, यिनले लिन सक्छन् लाभैलाभ

काठमाडौं । चितवनमा हुन गइरहेको नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपोमा पोल्ट्री पाठशाला पनि आयोजना गरिने भएको छ ।

नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको संयुक्त आयोजनामा यही जेठ १८ देखि २० गतेसम्म आयोजना हुन लागेको पोल्ट्री पाठशाला पनि आयोजना गर्न लागिएको हो ।

महासंघका अध्यक्ष गुणचन्द्र विष्टले विदेशी र स्वदेशी प्रविधि तथा पशुपन्छीपालनसम्बन्धी जानकारी दिन विषय विज्ञबाट पाठशाला सञ्चालन गर्न लागिएको जानकारी दिए । कम लागतबाट कसरी उत्पादन बढाउने भन्नेमा पाठशाला केन्द्रित हुने जनाउँदै त्यसमा आधुनिक प्रविधिबारे छलफल हुने उनले बताए ।

शुल्क लाग्छ कि लाग्दैन ?

पाठशालामा सहभागी हुन इच्छुकले शुल्क भने तिर्नुपर्नेछ । आयोजकका अनुसार, प्रदर्शनीको पहिलो दिन जेठ १८ गते हुने पाठशालाको शुल्क २ हजार रूपैयाँ तोकिएको छ । यो पाठशालामा पोल्ट्री क्षेत्रका विषयमा विज्ञ, भेटिनरियन, वैज्ञानिक, पशुचिकित्सकलगायतले प्रशिक्षित गर्नेछन् ।

जेठ १९ गते हुने पाठशालाको प्रवेश शुल्क ५ सय रूपैयाँ राखिएको छ । यसमा पोल्ट्री क्षेत्रका किसान, प्राविधिक, व्यवसायीका साथै भेटेरिनरी अध्ययनरत विद्यार्थीहरु सहभागि हुनेछन् ।

जेठ २० गते आयोजना हुने पाठशालाको शुल्क पनि ५ सय रूपैयाँ तोकिएको छ । भेटेरिनरी अध्ययनरत विद्यार्थीहरुका लागि यो पाठशाला लक्षित छ । यो पाठशालमा पनि पोल्ट्री क्षेत्रका किसान, प्राविधिक, व्यवसायीका साथै विद्यार्थीहरू सहभागी हुनेछन् ।

तीन दिनसम्म सञ्चालन हुने एक्सपोमा २०० को हाराहारीमा स्टल रहने आयोजकले जनाएको छ । एक्सपोलाई १५ देशका १० हजार सहभागीले अवलोकन गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *