कुकुरसम्बन्धी म्युजिक भिडियो ‘जय कुकर’ सार्वजनिक

काठमाडौं । कुकुरको स्याहार सुसारमा दुई दशक बिताएका प्रवीण बज्राचार्यको परिचय अब यतिकै मै सीमित छैन । उनले कुकुरलाई माया र ममता जगाउने सन्देश सहित  म्युजिक भिडियो ल्याएका छन् ।


कुकुर पाल्नु आफैमा ठूलो कुरा होइन । तर पालि सकेपछि त्यसको जीवनपर्यन्त सुरक्षा, रेखदेख, स्याहार र माया पनि दिइरहनु पर्छ भन्ने सन्देश बज्राचार्यले ‘जय कुकर’ नामक म्युजिक भिडियोमार्फत दिएका छन् । कुकुर पाल्ने तर स्वार्थ पूरा भएपछि छाडिदिने प्रवृत्तिविरुद्ध जनजागरण सहितको म्युजिक भिडियोको शब्द र संगीत मर्मस्पर्शी छ ।


उनले स्थापना गरेको केनल क्लब अफ नेपालको रजत जयन्तीका अवसरमा ललितपुरमा भएको कार्यक्रममा देव राना र ज्योति घिमिरेले संयुक्त रुपमा म्युजिक भिडियो सार्वजनिक गरे ।
म्युजिक भिडियोमा गीत ओम लाल र प्रवीण बज्राचार्यको छ ।


राना नेपालका पहिलो ड्रमर हुन भने वरिष्ठ कलाकार घिमिरे पप सङ्गीतका वरिष्ठ कलाकार हुन् ।
विगत २५ वर्षदेखि कुकुरसम्बन्धी विभिन्न क्रियाकलाप र कुकुर तालिममा संलग्न बज्राचार्यको यो म्युजिक भिडियोले कुकर प्रेमीहरुका लागि प्रेरणा दिने राना र घिमिरेले त्यस अवसरमा बताए । शास्त्रीय र आधुनिक सङ्गीतमा संलग्न रहेका बज्राचार्यको यो म्युजिक भिडियो कुकुर बूढो या बिरामी भएपछि पनि सडकमा लगेर फ्याँक्ने प्रवृत्तिविरुद्ध केन्द्रित छ । 


त्यस अवसरमा रानाले कुकुर मानिसको इमानदार र विश्वासिलो साथी भएको बताए । यस्तै घिमिरेले घरका परिवारलाई लात्तीले हानेपछि उनीहरु घर छाडेर जाने गरेको दृष्टान्त दिँदै तर कुकुरलाई हाने पछि पनि उसले पुच्छर हल्लाएर माया साट्ने गरेको जनाए ।

https://www.youtube.com/watch?v=HneeQLoYOO4

कुकुर सम्बन्धी गायक बज्राचार्यको पहिलो गित ‘हे मानव’ यस अघिनै सार्वजनिक भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *