गोरखामा पनि भेटियो अफ्रिकन स्वाइन फिभर
गोरखा । गोरखा नगरपालिका –९ लक्ष्मीबजारमा बङगुरमा पाइने अफ्रिकन स्वाइन फिभरको संक्रमण भेटिएको छ । बङगुर फर्ममा एक हजारभन्दा बढी बङगुर बिरामी पर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेबा बिज्ञ केन्द्रिकी प्रमुख डा.शर्मिला कुमालले जानकारी दिनुभयो ।
“बङगुर फर्ममा रहेको ३ वटा बङगुर मरेको जानकारी पाएपछि माघ २० गते चिकित्सकसहित टोली फर्ममा पुगेका थियौं, फर्ममा रहेको एउटा बङगुरको स्याम्पल लिएर परीक्षण गर्न २३ गते पोखरा पठाउँदा अफ्रिकन स्वाइन फिभर पुष्टि भयो” उहाँले भन्नुभयो, “खोरमा रहेका १० भन्दा बढी बङगुर अफ्रिनकन फिवरका कारण मरेको केन्द्रले जनाएको छ ।”
त्यस्तै, गोरखा नगरपालिका –६ मा पनि ज्वरो आउने, शरीरमा डाम पर्ने, शास फेर्न गाह्रो हुने लगायतको लक्षण ती बङगुरमा देखिएको केन्द्रले जनाएको छ । अहिले जुन–जुन ठाउँमा बङगुर बिरामी परेका छन्, त्यस ठाउँको बङगुरको नमुना केन्द्रले संकलन गरेको छ । ती सबै बिरामी बङगुर परीक्षणका लागि २६ गते पोखरा पठाउने तयारी गरेका छौ, उहाँले भन्नुभयो, ‘नमुना परीक्षणका लागि पोखरास्थित पशुपंक्षी अन्बेषणमा प्रयोगशाला पठाइने छ ।’
भेटनरी अस्पताल तथा पशु सेबा बिज्ञ कार्यालय गोरखाले एक सूचना जारी गर्दै ११ वटै पालिकालाई सचेत रहन आग्रह गरेको छ । यो रोग सुँगर, बङगुर र बँदेल प्रजातिमा बिषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलने रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । यो रोगको संक्रमणबाट बच्न किसानलाई फर्ममा जौबिक सुरक्षाका बिधिहरु अबलम्बन गर्न केन्द्रले आग्रह गर्दैआएको छ ।
बङगुर पालिएको फर्म वरिपरि नियमित सरसफाई गर्ने र संक्रमण नहुने औषधीहरु प्रयोग गर्नाले संक्रमणबाट बच्न सकिने केन्द्रले जनाएको छ । रोग लागेका शंका लागेमा हुलबाट एक्लो बनाएर छुट्टै राख्ने, मरेका बङगुरलाई राम्रोसँग खाल्डो खनी गाड्ने लगायतका सचेतना अपनाउन आग्रह गरिएको छ ।
यो रोगको संक्रमण हुँदा उच्च ज्वरो आउने कान पुच्छर र पेटको तल्लो भाग रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने वान्ता हुने लक्षण देखा परेमा बङगुर मर्नेगरेको पाइएको छ । केन्द्रले रोग देखा परेको ठाउँबाट सुँगर बङगुरमा संक्रमित दाना र मासु ओसार पोसार नगर्ने दाना बाहेक अन्य खानेकुरा पकाएर मात्र खाना कार्यालयले सबै जिल्लाबासी किसानलाई अपिल गरेको छ ।
यो रोगलाई बेलैमा पहिचान गरेमा तत्काल निराकरण हुने सुँगुर र बङगुरलाई त्यस रोगबाट जोगाउन सकिने कार्यालय प्रमुख कुमालको भनाइ छ ।
प्रतिक्रिया