पशुपन्छी औषधि व्यवसायी संघ किसानमैत्री बन्नुपर्छ

पशुपन्छी व्यवसायीहरू कस्ता समस्या लिएर विभाग जाने गरेका छन् र विभागसँग कसरी समन्वय भइरहेको छ ?

हामीले फिड सप्लिमेन्ट र खोपको मात्रै नियमन गर्छौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधिको नियमन गर्छ । नेपालमा एन्टिबायोटिकभन्दा फिड सप्लिमेन्ट अधिक मात्रामा भित्रिन्छ । नेपालमा फिड सप्लिमेन्ट भने विभागको सिफारिसमा मात्रै आयात हुन्छ । र हामीले गुणस्तरीय फिड

सप्लिमेन्ट आयात गर्न मात्रै अनुमति दिन्छौं । व्यवसायीहरू उल्लेखित सेवामा कुनै समस्या परे विभागमा आउनुहुन्छ । र, सोही बमोजिम विभागले सहज समन्वयन गर्दछ ।

विभाग र संघबीच कस्तो सम्बन्ध हुनुपर्छ ?

विभागले पशुपन्छी क्षेत्रको प्रवद्र्धन गर्नुका साथै फिड सप्लिमेन्ट र खोपको नियमन पनि गर्छ । विभागले फिड सप्लिमेन्ट र खोपका लागि संघलाई बेलाबेलमा सहयोग पनि गर्दै आइरहेको छ । तर संघका सदस्यहरूले व्यापार गर्दा गुणस्तरलाई ध्यान दिन जरुरी छ । उनीहरूले आफ्नो व्यापारको प्रवद्र्धन मात्रै नगरेर किसानको हित पनि हेर्नुपर्छ । उनीहरूले किसानलाई केन्द्रबिन्दुमा राखेर मात्रै फिड सप्लिमेन्ट आयात गर्नुपर्छ । यसका लागि गुणस्तर र गुणात्मक फिड सप्लिमेन्ट मात्रै किसानसम्म पु¥याउनु पर्छ ।

व्यवसायीसँगको सम्बन्धको हिसाबले हामी साथसाथ नै छौं । हामीले नियमनकारी र प्रवद्र्धनात्मक भूमिका निर्वाह गरिरेहेका छौं । साथै व्यवसायीले पनि फिड सप्लिमेन्ट आयात गरेर किसानलाई सेवा गरिरहेका छन् । व्यवसायीले पनि गलत औषधि आयात गर्नु भएन र किसानसम्म पु¥याउनु भएन । व्यवसायीहरू किसानमैत्री र हितमा रहनुपर्छ ।

संघले अहिले गरिरहेको कामबाट तपाईं कति सन्तुष्ट हुनुहुन्छ ?

संघले विभागसँग समय–समयमा छलफल गरिरहनुपर्छ । संघले समस्या मात्रै लिएर आउनु भएन, आफ्नो सामाजिक उत्तरदायित्व पनि बुझनुपर्छ र आफूलाई सामाजिक काममा केन्द्रित गर्नुपर्छ । समाजमा पनि हाम्रो उत्तरदायित्व छ भन्ने हिसाबले संघ अगाडि जानुपर्छ ।

एन्टिबायोटिक औषधिको प्रयोग स्वास्थ्यका लागि घातक हो भन्ने सन्देश पनि व्यवसायीले किसानलाई दिनुपर्छ ।

व्यवसायीका लागि विभागले के गरेन र के गर्नुपर्छ भन्न संघ स्वतन्त्र छ । यसका साथै किसानले सहुलियत मूल्यमा गुणस्तरीय औषधि या फिड सप्लिमेन्ट पाए या पाएनन भन्ने दायित्वबाट संघ विमुख हुन सक्दैन ।

संघको यो महाधिवेशनले कस्तो नेतृत्व चयन गरोस् भन्ने चाहनुहुन्छ ?

व्यवसायीको हकहितका साथै किसानका हितमा काम गर्न सक्ने नेतृत्व आवश्यक छ । विभाग अहिले किसानमैत्री छ । त्यस्तै संघ पनि किसानमैत्री बन्नुपर्छ ।हामीले गर्ने सहजीकरण, सहयोग र सहकार्यका लागि सदैव तयार छौं । अबको नेतृत्व पनि विभागसँग समन्वय गर्ने खालको र किसानको हितमा केन्द्रित हुनुपर्छ ।

महाधिवेशनको सन्दर्भमा व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशनको सफलता पुर्वक सम्पन्न गरेकोमा म हार्दिक शुभकामना दिन चाहन्छु । औषधि व्यवसायीहरू दिनदिनै अगाडि बढिरहेका छन्, उनीहरूको प्रगति भइरहेको छ । तर यसका साथसाथै औषधि र फिड सप्लिमेन्टको गुणस्तरमा पनि ख्याल गर्न अनुरोध गर्दछु । व्यवसायीले गलत प्रकारका औषधि र फिड सप्लिमेन्टलाई बढावा दिन हुँदैन, किसानलाई मर्कामा पार्न हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *