मर्यादित र अनुशासित संघका लागि मेरो उम्मेदवारी’

तपाईं पशुपन्छी औषधि व्यवसायी संघको यस महाधिवेशनमा कुन पदका लागि उम्मेदवारी दिँदै हुनुहुन्छ ?
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अहिले केन्द्रीय सदस्य छु । यस महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यसमा देशैभरका साथीहरूको साथ, सहयोग र माया प्राप्त हुने अपेक्षा गरेको छु ।

तपाईंको एजेण्डा के–के हुन् ?
व्यावसायिक मर्यादा नै मेरो मुख्य एजेण्डा हो । यस संघमा आबद्ध सबै सदस्य र व्यवसायीको अधिकारलाई संरक्षण गर्दै यस व्यवसायलाई प्रतिष्ठित बनाउन मेरो उम्मेदवारी हो । मेरो विचारमा व्यवसायलाई मर्यादित र अनुशासित नबनाई टिकाउन सकिँदैन । त्यसैले मेरो जोड व्यावसायिक मर्यादा र अनुसाशनमै छ ।

हामी व्यवसायी अनुशासित, इमान्दार र मर्यादित भयौं भने अन्य समस्या तपसिलका कुरा हुन् । यस पटकको महाधिवेशनममा मेरा यिनै विषयहरू रहने छ । व्यावसायिक प्रतिष्ठालाई कायम राख्नु मेरो उम्मेदवारीको पहिलो खुड्किलो हो । व्यावसायिक साथीहरूले मेरो यस भावनालाई मनन गर्नु हुनेछ भन्ने मलाई विश्वास छ ।

अहिलेको कार्यसमितिको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
म आफैं केन्द्रीय सदस्य रहेको वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल सफल नै रहेको छ । कार्यसमिति सदस्यको नाताले मेरो पूर्ण सहयोग र सद्भाव रहेको छ । हामीले ठूला कुरा गरेनौं । जे जति सकिन्छ, त्यसमै ध्यान दियौं ।

संघलाई चलायमान बनाउने काम भयो । अभिमुखीकरण तालिम अर्को सफलताको सूचक हो । कार्यसमिति बैठकमा अध्यक्षले राखेको एजेण्डामा हामीले अप्ठ्यारो पारेनौं । अध्यक्षलाई सहज तरिकाले काम गर्न हाम्रो भरपुर सहयोग थियो । टिमवर्कको मर्मअनुसार नै यस कार्यसमितिले आफनो दुई वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस महाधिवेशनपछि संघमा नयाँ नेतृत्व आउनेछ, तपाईंको विचारमा अबको नेतृत्व कस्तो हुनुपर्छ ?
नयाँ नेतृत्व समन्वयकारी भावको हुनुपर्छ । संघको मर्यादालाई उच्च राख्न सक्ने खालको हुनुपर्छ । सकारात्मक सोचका साथ सामूहिक नेतृत्व प्रणालीलाई स्वीकार गरी संघको हितमा काम गर्ने नेतृत्वको आवश्यकता छ ।

अन्त्यमा तपाईंको भनाइ के छ ?
संघका सदस्यहरूले एजेण्डा हेरेर मताधिकारको प्रयोग गर्नुपर्छ । अनुहार होइन र आफनो नजिकको उम्मेदवार हो भनेर पनि मत दिनु हुँदैन । सही र सबल नेतृत्वलाई छानेर संघलाई झन् बलियो पार्ने दायित्व मतदाता सदस्यहरूको हातमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *