पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी शाखाको अध्यक्षमा खरेल, सचिवमा सापकोटा

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाको अध्यक्षमा पिताम्बर खरेल चयन भएका छन् । शुक्रबार सम्पन्न शाखाको अधिवेशनबाट खरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै, अधिवेशनले धनबहादुर खड्का, शशीधर सापकोटा र चिरञ्जीबी बेल्बासेलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । सचिवमा रेनुका सापकोटा, कोषाध्यक्षमा मीना चालिसे र सहसचिवमा महेन्द्र गौतम चयन भएका छन् ।

अधिवेशनले चार सदस्यसमेत चयन गरेको छ । जसमा सञ्जय चौधरी, कमल भण्डारी, प्रकाशचन्द्र बञ्जाडे र खिमलाल ढकाल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *