चुनाव जिताए काठमाडौंको साढे ४ आना जग्गा दिने धनकुमारीको घोषणा रिमाल भन्छन्– शोभनीय कुरा भएन
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षको आकांक्षी धनकुमारी अधिकारी पाण्डेले आफूलाई जिताएमा संघलाई भवन निर्माण गर्न काठमाडौंमा घडेरी उपलब्ध गराउने घोषणा गरेकी छन् ।
भेट खबर डटकमसँग कुरा गर्दै धनकुमारीले व्यवसायीले आफूलाई अध्यक्षमा जिताएको खण्डमा बालाजुमा रहेको साढे ४ आना जग्गा संघको भवन बनाउन उपलब्ध गराउने जानकारी दिइन् ।
‘व्यवसायी साथीहरूले संघको आगामी कार्यकालको अध्यक्षमा निर्वाचित गरेको खण्डमा बालाजुमा रहेको मेरो निजी घडेरी संघको भवन निर्माण गर्न उपलब्ध गराउनेछु,’ उनले भनिन् ।
संघलाई व्यवस्थित गर्न आफूले यस्तो घोषणा गरेको उनले जानकारी दिइन् ।
संघको अध्यक्षका अर्का आकांक्षी रितेश रिमालले पदकै लागि जग्गा दिने घोषणा गर्नु अस्वाभाविक भएको टिप्पणी गरे । व्यवसायीको हक–हितको मुद्दा उठाउनुपर्नेमा लेनदेनमा लागेको उनको भनाइ छ ।
‘संघको भवन निर्माण गर्न जग्गा दिनु राम्रो कुरा हो । तर अध्यक्षमा जिते मात्र दिन्छु भन्नु सही कुरा होइन,’ उनले भने ।
पशुपन्छी औषधि व्यावसायीको अधिवेशनमा पाण्डेले जग्गा दिने घोषणा सँगै व्यावसायीमा तरङ्ग उत्पन्न भएको छ ।कतिपय व्यावसायीले जग्गानै पाउनु सुवर्ण मौका भएको भन्दै पाण्डेलाई अध्यक्ष दिदाँ फरक नपर्ने तर्क समेत गरेका छन् । यद्यपि केही व्यावसायीले संघको पद पाएमा मात्र नभई नपाए पनि जग्गा दिन सकेमा मात्र पाण्डेको उच्च मूल्याङ्कन हुने तर्क समेत गरेका छन् ।
यसै बिच भेटखबर लाई प्राप्त सूचनाअनुसार संघका पूर्व अध्यक्षहरू प्रजापति बास्तोला र कम्पोज बडाल जग्गा निरीक्षणणको लागी आजै बालाजु गएको पाइएको छ । केही पूर्व अध्यक्षहरूले जग्गा उपयुक्त भएको खण्डमा पाण्डेलाई सर्वसम्मत अध्यक्ष बनाउने जानकारी गराए ।यद्यपि व्यावसायीहरूले भने अधिवेशन अगावै संघको नाममा जग्गा प्राप्त भएमा मात्र पाण्डेको कदमलाई स्वागत गर्दै निर्विरोध अध्यक्ष बनाउने तर्फ छलफलमा लागेका छन् ।
क–कसले घोषणा गरे उम्मेदवारी ?
महाधिवेशनको मिति नजिकिँदै गर्दा एकपछि अर्का व्यवसायीले उम्मेदवारी सार्वजनिक गरिरहेका छन । संघका वरिष्ठ उपाध्यक्ष रीतेश रिमालले यस पटक अध्यक्षमा दाबी प्रस्तुत गरेका छन। संघमा कोषाध्यक्ष,उपाध्यक्ष एवं कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत कुशलता पुर्वक सम्पन्न गरिसकेका रीमालले भावी केन्द्रिय अध्यक्षकोरुपमा आफुलाई प्रस्तुत गरेका छन ।
त्यसैगरी, संघकी अर्का उपाध्यक्ष धन कुमारी अधिकारी पाण्डेले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन । लामो अन्तरालपछि यस पटक संघको नेतृत्वमा महिलाको दाबेदारी प्रस्तुत भएको हो । निर्वाचनमार्फत नतिजा पोल्टामा पारेको अवस्थामा अधिकारी संघको इतिहासमै पहिलो महिला अध्यक्ष हुनेछिन ।
विभिन्न जिम्मेवारीमा रहेर पशुपन्छी औषधि व्यवसायीको हितमा काम गरेकाले यस पटक अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन । अधिकारी संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष भइसकेकी व्यक्ति हुन् ।
अध्यक्षबाहेकका पदमा पनि धमाधम उम्मेदवारी सार्वजनिक भइरहेको छ । संघका वर्तमान कोषाध्यक्ष सुना सुवेदी र सचिव दिनेश कट्टेलले आयात तर्फको उपाध्यक्षमा आकांक्षा राखेका छन । यसैगरी महासचिव नारायणबहादुर भुजेल ,एकनारायण पौडेल र कवीराज भट्टले थोक तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यद्यपी,संघको विधानत् आयातकर्तालते आयात,थोकले थोक र खुद्राले खुद्रामा मात्र उम्मेदवारी दिन सक्ने प्राबधनले थोकतर्फ भुजेलले उपाध्यक्षमा उम्मेदवार समेत बन्न नपाउने तर्क केही व्यावसायीको छ । यद्यपी,अन्तिम समयमा भुजेलले अध्यक्षको दाबेदारी गर्दै पाण्डेर रिमालको भिडन्तको फाईदा उठाएर अध्यक्षको दाँउ हेरेको समेत भुजेल निकट व्यासायीहरुको आकलन छ ।
खुद्रा तर्फको उपाध्यक्षमा अबोधराज दवाडी र अर्जुन नोपलले आकांक्षा राखेका छन्। यसैगरी संघको अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवमा सादुराम ढकाल(आशिष) र हुमाकान्त काफ्ले उम्मेदवारी घोषणा गरेका छन । सचिवमा हालसम्म केशव शर्माले मात्र उम्मेदवारी घोषणा गरेका छन ।
राजेन्द्र थापा मगरले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । कसलाई कहाँ पछार्ने भन्ने दाँउमा तल्लिन व्यावसायीहरुले अन्तिम समयमा विभिन्न पदमा उम्म्ेदवार उठाएर चुनाव रोचक बनाउने चर्चा समेत व्यावसायी माझ चलेको छ ।
यसैगरी नयाँबन्ने कार्यसमितिको केन्द्रिय सदस्यको लागी हालसम्म शंकर सुवेदी र रत्नकुमार बडालले उम्मेदवारी घोषणा गरेका छन् । वागमती शाखाको अध्यक्ष समेत भईसकेका सुवेदी र बडाल व्यावसायीमाझ लोकप्रिय छन् ।बडालले संघलाई चुस्त बनाउन विभिन्न किसिमका नयाँ भिजन पस्कने व्यावसायीका रुपमा आफुलाई चिनाएका छन भने सुवेदी पनी व्यावसायी संघलाई व्यावसायीको आस्थाको रुपमा स्थापित गराउनुपर्ने आवाज उठाउने व्यावसायी पर्छन् ।
प्रतिक्रिया