१६ संगठनले लगाए पशु सेवा विभागमा ताला

काठमाडौं । पशुपन्छी क्षेत्रका १६ वटा संगठनले पशु सेवा विभागमा तालाबन्दी गरेका छन् ।

आफूहरूले राख्दै आइरहेको माग पूरा गर्न उदासीनता देखाएको आरोप लगाउँदै १६ संगठनले बिहीबार बिहान विभागमा तालाबन्दी गरेका हुन् ।

नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. केदार सुवेदीले बिहीबार बिहान विभागको मूल गेटमा १६ संगठनले संयुक्त रूपमा तालाबन्दी गरेको जानकारी दिए ।

सरकारले आर्थिक वर्ष ०८०÷८१ को बजेटमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केहीलाई खारेज गर्ने, केही गाभ्ने र केहीलाई प्रदेशमा लैजाने निर्णय गर्दै शून्य बजेट विनियोजन गरेपछि पशुपन्छी क्षेत्रका सरोकारवालाहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । यसअघि धर्ना, –यालीलगायत कार्यक्रम गरेका १६ संगठनले बिहीबार बिहान विभागको प्रवेशद्वारमै ताला लगाएका हुन् ।

विभागको मूल गेटमा ताला लगाएका उनीहरू अहिले त्यही अगागडी धर्ना दिएर बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *