पशु स्वास्थ्य तथा पशु सेवा विधेयक आजै पारितहुने !

काठमाडौं ।प्रतिनिधि सभाको आज ११ बजे बस्ने बैठकमा पशुपन्छी तर्फको महत्वपुर्ण विधेयकको रुपमा हेरिएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक,२०७६ पेश हुने सम्भावित कार्यसुची प्रकाशित भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रि मृगेन्द्र कुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक माथी छलफको लागी संसदमा प्रस्ताव पेश गर्ने सोही  र सांसदहरुले छलफल पश्चात पारित गर्ने कार्यक्रम रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रकाशित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रि मृगेन्द्र कुमार सिंह यादवले पारित गरियोस भनी संसदमा आव्हान गर्ने समेत जनाईएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनले विज्ञप्ति जारी गरेर विज्ञप्ति एकपक्षीय र हचुवाको भरमा ल्याइएको भन्दै विधेयककाे आपत्ति जनाएको थियो ।

पशु सेवा प्राविधिकहरूले भने संसदको विकास समितिमा प्रस्तुत पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकको स्वागत गरेका छन् ।

नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन र नेपाल पशु स्वास्थ्य सेवा प्राविधि संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विधेयकप्रति ऐक्यबद्धता जनाएका हुन् ।

प्रतिनिधि सभाले पास गरेको खण्डमा राष्ट्रिय सभा हुदै राष्ट्रपतिले लालमोहर लगाएपछी ऐन लागूहुने छ ।

हेर्नुहोस कार्यसूची

karya suchi

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *