चुनावी ‘फण्डा’ भन्ने सापकोटाको भिटामिन सरकारी निकायबाट गुणस्तरहीन पुष्टि

विभागले भन्यो– सापकोटाले आयात गरेको भिटामिन बिक्री–वितरण नगर्नु

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय सल्लाहकार तथा आसन्न अधिवेशनका अध्यक्षका आकांक्षी पूर्णचन्द्र सापकोटाले भारतबाट आयात गरेर बिक्री गर्दै आइरहेको भिटामिन सरकारी निकायबाटै गुणस्तरहीन प्रमाणित भएको छ ।

सापकोटा आयातकर्ता रहेको भारतको इन्डियन ड्रग्स एण्ड भिटामिनको उत्पादन ‘इण्डोफोर्ट ए’ मा ९१ प्रतिशत पानी मात्र भेटिएको ल्याब रिपोर्टसहित भेट खबरले समाचार प्रकाशित गरेको थियो । तथ्यसहित समाचार प्रकाशित भए पनि सापकोटाले त्यसलाई अस्वीकार गरेका थिए । अझै यसलाई विषयान्तर गरेर उम्किन उनले ‘चुनावी फण्डा’ को आरोप लगाएका थिए ।

उनको बारे प्रकाशित समाचारमा क्रियाप्रतिक्रिया आएपछि उनले फेसबुकमा लेखेका थिए–चुनावी फण्डा ।

हेर्नुहोस सापकोटाको प्रतिकृया

उनले आफ्नो उत्पादन गुणस्तरयुक्त रहेको भन्दै तथ्यलाई चुनौती दिइरहेका बेला पशु सेवा विभागले गुणस्तरहीन प्रमाणित गरिदिएको छ । विभागले विभिन्न कम्पनीका ८ फिड सप्लिमेन्ट फिर्ता गर्न निर्देशन दिएकोमा सापकोटाले आयात गर्दै आएको भिटामिन आठौं नम्बरमा छ ।

सापकोटाले समाचार प्रकाशन पछी विभिन्न शक्तिकेन्द्रमा समाचार रोक्न लविङ गर्दै भेट खबरलाई दवाब दिने प्रयास गरेका थिए । प्रकाशित समाचारमा चिक्त नबुझे कानुनी बाटो अपनाउन पर्नेमा सापकोटाले गुणस्तरहिन भिटामिन उत्पादन गर्ने कम्पनीका मालिक भारतिय नागरिक पुलक रोय लगाएर समेत भेटखबरलाई दबाब दिने कुचेष्टा समेत गरेका थिए ।

विभागले सूचना जारी गर्दै सापकोटासहितले आयात गर्दै आएको नबेच्न र तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

यो घटनाले पशुपन्छी औषधि व्यवसायी संगठनको आवरणमा किसानमाथि कुन हदमा ज्यादति भइरहेको छ भन्ने छर्लंग पारेको छ । साथै आसन्न पशुपन्छी औषधि व्यवसायीको अधिवेशनमा नीति र नेतृत्वबारे गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता पनि यसले दर्शाएको छ ।

हेर्नुहोस

पशुपन्छी व्यवसायीका नेताले आयात गरेको भिटामिनमा ९१ प्रतिशत पानी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *