आज विश्व बाघ दिवस: नेपालमा पाटे बाघको संख्या दोब्बर हुँदै

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले आज विश्व बाघ दिवस मनाउँदै छ । सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ ।

पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २ सय ३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो । नेपालको प्रतिबद्धताअनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनु पर्नेछ ।

हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । ‘गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने ।

त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने उनले विश्वास व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो । बाघ संरक्षण कार्ययोजना बनाएर
नेपालले बाघ संरक्षण गरिरहेको छ ।

बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *