घरपालुवा बिरालोमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । यूकेमा एउटा घरपालुवा बिरालोमा परीक्षणका क्रममा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
विज्ञहरूका अनुसार यूकेमा घरपालुवा जनावरमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
घरपालुवा जनावरबाट मानिसहरूमा भने कोरोना सङ्क्रमण नफैलिएको विज्ञहरुले बताएका छन् ।
बिरालोको मालिकमा कोरोना संक्रमण देखिएको थियो । उक्त बिरालोमा त्यसको मालिकबाट कोरोना सरेको स्वास्थ्य अधिकारीले बताएका छन् । उनीहरुका अनुसार दुवैजना निको भइसकेका छन् । बीबीसी
प्रतिक्रिया