नेपाल पशुपन्छी औषधी व्यावसायी संघ प्रदेश ३ को अध्यक्षमा केशव शर्मा

काठमाडौँ । नेपाल पशुपन्छी औषधी व्यावसायी संघ प्रदेश ३ कार्यसमितिको अध्यक्षमा केशव शर्मा निर्वाचित भएका छन् । २० मंसिरमा ललितपुरको भैंसेपाटीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले १३ सदस्यीय कार्यसमितिसहित शर्मालाई सर्वसम्मतरूपमा प्रदेश ३ कार्यसमिति अध्यक्षमा चयन गरेको हो । अधिवेशनमा प्रमुख अतिथि चित्रबहादुर गुरुङले व्यसायीका समस्या समाधान गर्न केन्द्रीय कार्यसमिति क्रियाशील रहेको बताउँदै प्रदेश ३ कार्यसमितिले समेत सो कार्यमा सहयोग पु¥याउने आशा व्यक्त गरे । कार्यक्रममा संघका संस्थापक महासचिव मधुसुदन गुरागाईँले विराटनगर महाधिवेसनपछि गुनासो मात्रै गर्ने परिपाटीबाट संघ मुक्त हुँदै जानुपर्न े बताए । महाधिवेसनका अध्यक्षका उम्मेदवारमध्ये दोस्रो बढी मत ल्याउनेलाई सल्लाहाकारमा राख्न सके मनमुटाव कम हुने समेत उनको सुझाव थियो । उनले नेपाल उद्योग वाणिज्य महासंघजस्ता संस्थासँग हामीले समन्वय गरेर अघि बढ्नसमेत संघलाई सुझाव दिए । संघका केन्द्रीय महासचिव यज्ञराज ढकालले पशुपन्छी औषधी व्यवसायका क्षेत्रमा अनेक चुनौती र समस्या थपिएका बताए । उनले ग्रामीण तथा दुर्गम भेगमा औषधी पसल दर्ता गर्न दिइने भनिए पनि ग्रामीण भेगको परिभाषा स्पष्ट नभएको बताए । उनले केन्द्रीय महाधिवेसनमा प्रतिनिधि व्यवस्थापनमा समस्या भोग्दै आएको बताउँदै महाधिवेसनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या पहिले नै निक्र्यौल गर्ने व्यवस्था गरिएको बताए ।

संघका केन्द्रीय सदस्य नारायणबहादुर भुजेलले देश संघीयतामा गएपछि हामी पनि प्रादेशिक संरचनामा गयौं । उक्त संरचना हाम्रा लागि नयाँ भएकोले केही कमी कमजोरी भएको स्वीकार गरे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै चितवन शाखाका अध्यक्ष अशोक शर्माले केन्द्रीय कार्यसमितिले संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए । मकवानपुर जिल्ला अध्यक्ष हरिशरण अर्यालले व्यवसायमा परेको समस्या समाधान गर्न केन्द्रले खास ध्यान दिनुपर्ने बताए । वाग्मती शाखाका अध्यक्ष शंकर सुवेदीले प्रदेश ३ कार्यसमितिले समेत आगामी दिनमा पशुपन्छी आैषधी व्यवसायको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना दिए । काभ्रेपूर्व कार्यसमिति अध्यक्ष विकास शर्मा तिमल्सिनाले एमआरपी उल्लेख नगरिएको औषधी बजारमा छ्याप्छ्याप्ती भएकोले यसलाई नियन्त्रणमा ल्याउनुपर्ने बताए । साथै औषधी व्यवसायी संघलाई अब महासंघ बनाउन नेतृत्वले पहल लिनुपर्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रजापति बास्तोला, रेवतीरमण निरौला, नवराज तिमल्सिना, निर्वतमान अध्यक्ष हेमराज बडाल लगायतको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *